file photo

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका लागि पद महत्वपूर्ण नभएपनि सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताएका छन् ।

अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रत्येक पार्टीको आ-आफ्नो मर्यादा, सम्मान, स्वाभिमान र चाहना हुने भएकाले सबैलाई राम्रोसँग सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताए । उनले आफूहरूले अहिले उचित व्यवस्थापन र सम्मान मात्रै खोजेको धारणा राखे ।

समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्ने गरेको उनले जिकिर गरे । त्यस्तै उनले चार दल सम्मिलित समाजवादी मोर्चा बनेको र जिल्ला तहको कार्यक्रम गर्ने तयारी भएको जानकारी दिँदै मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने र आउन नचाहनेलाई पनि गाली नगर्ने धारणा राखे ।​

नेपालले मुलुकको राजनीतिलाई सही दिशामा लैजान गम्भीरतापूर्वक आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे ।

सोमवार, १७ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे