नेपालस्थित पाकिस्तान राजदूतावास काठमाडौंमा “पाकिस्तानः भौगोलिक–ऐतिहासिक निमन्त्रणा“ शीर्षक अन्तर्गत सम्मेलन सह अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि पाकिस्तानका राजदूत एच ई अबरार हाश्मीको अध्यक्षतामा सम्पन्न सम्मेलनले मुख्य गरी नेपाल र पाकिस्तानको पर्यटन गन्तब्यलाई पहिचान गर्दे सहकार्य गर्ने निश्कर्ष निकालेको छ ।
कार्यक्रममा नेपालका प्रमुख पर्यटन विज्ञहरू र अपरेटरहरूको सहभागिता थियो । पाकिस्तानको बौद्ध आउटरिच र पर्वतारोहण र पदयात्रा पर्यटनका विशेषज्ञहरूले भर्चुअल रूपमामसेत सहभागिता थियो । राजदूत अबरार एच हाश्मीले पाकिस्तानमा पर्यटनको सम्भावनालाई उजागर गरे । उनले आजको सम्मेलन नेपाल र पाकिस्तानबीचको सम्बन्ध बिस्तार र गर्न दूतावासले गरिरहेको प्रयासको शृङ्खलाको एउटा हिस्सा भएको जानकारी गराए ।


अन्तरक्रियात्मक सत्रमा दुवै देशका सहभागीहरूले द्विपक्षीय पर्यटन विकासका बारेमा छलफल गर्नुका साथै नेपाल र पाकिस्तानबीचको पर्यटनको मात्रा बढाउने उपायहरू सुझाव दिएका थिए । पर्यटकीय दृष्टिकोणले दुबै देश आन्तरिक र बाह्य पर्यटको गन्तब्य रहेको निश्कर्ष निकालिएको थियो ।

शनिबार, १५ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा