सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु भएको छ। बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएको हो।

कम्पनीका अनुसार एक करोड रुपैयाँ लगानीमा मोटरबोट सेवा उपलब्ध गराएको हो। सरसफाइ अभावमा अव्यवस्थित बनेको तालमा आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ।

‘फोहोर र जलकुम्भीले ताल भरिएको थियो, तालको अस्तित्व नै मेटिने अवस्थामा पुगेको थियो’, बोटेबोरा कम्पनीका सञ्चालक बिबि ढकालले भने, ‘हामीले आफ्ने लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सुरु गरेका हौँ।’

कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरे वापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए। तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा सुरु गरेको छ।

कम्पनीले यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट, सर्लाहीको भरतताल र पृथ्वी राजमार्गमा रहेको तल्लो मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालन गर्दै आएको छ। कम्पनीले छिट्टै लमजुङको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको सञ्चालक ढकालले जानकारी दिए।

वीरेन्द्रनगरपालिका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले तालमा पानीको सतह कम भएपछि केही माथिपट्टी रहेको दशधाराबाट रातिको समयमा पानी ल्याउने तयारी भइरहेको बताए। त्यसका लागि नगरपालिकाले चार इञ्चको एक सय ५० मिटर पाइप उपलब्ध गराउने विषयमा सहमति भइसकेको उनको भनाइ छ। ‘अहिले ताल सरसफाइ चलिरहेकै छ, टिकट काउन्टर पनि बनाउनुपर्नेछ’, उनले भने।

कम्पनीका अनुसार बुलबुले तालमा मोटरबोट चड्न दुई सय ५० रुपैयाँ तिर्नुपर्नेछ। उद्घाटन अवसरमा एक महिनाका लागि दुई सय रुपैयाँ निर्धारण गरिएको छ। उक्त शुल्कमा बुलबुले ताल चार पटक परिक्रमा गर्न पाइनेछ। रासस

शनिबार, १५ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा