कञ्चनपुरको कृष्णपुर नगरपालिकाको बनहरा नदीको बगरमा तरकारी खेती गरी करिब ९० परिवारले घर व्यवहार चलाएका छन् ‌।

नदीको बगरमा किसानहरूले बगर खेती करिब ६-८ महिना गर्ने गरेका छन्। बगर खेती गरेरै घरखर्च चलाइरहेका कृष्णपुर -२ का मञ्जु चौधरीले करिब ९० परिवारले ६ समूह बनाएर बगर खेती गरी रहेको बताएका छन्। बगर खेतीमा तरकारीलाई विशेष प्राथमिकतामा राखेर हामीहरू खेती गरिरहेका बताए’। उहाँले भने ‘ स्थानीय सरकारले केही सहयोग गरेता पनि अन्य सरकार र सम्बन्धित निकायले ध्यान नदिएको अवस्था छ। हामीलाई सिँचाइको लागि तत्काल बोरिङ र बजार व्यवस्थापनको आवश्यकता रहेको बताए।

हामी रात दिन नभनी मेहनत गरेर खेती गर्छौं, बजार व्यवस्थापन र भण्डारणको समस्याले लाखौँको उत्पादन खेर गएर दुख भोग्नु परिरहेको अर्का बगर खेती किसान नन्दलाल रानाले बताए ।

त्यस्तै, सोही बगरमा खेती गरेर घर व्यवहार चलाइरहेकी कल्पना चौधरीको भने फरक अनुभव छ । उनी भन्छिन् ‘ बगर खेतीले निकै राहत पुगाएको छ । आफूले सिजनमा २(३ लाख सम्म आम्दानी गर्ने गरेको र आर्थिक अवस्था केही हदसम्म भए पनि सुधार भएको बताइन्।

हामीले बगर खेती गरी रहेका छौँ , उचित भण्डारण, बजार व्यवस्थापन र अत्याधुनिक सिँचाइको व्यवस्थापन गरी दिनुपर्ने बनहरा नदीको किनारमा बगर खेती गरिरहेका सम्पूर्ण किसानको माग रहेको छ।

बिहिबार, १३ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा