के तपाईँ धनकुटा पुग्नुभएको छ? यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस्। मीठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीको रुपमा लैजान पनि सक्नुहुन्छ।

धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रुपमा किन्ने गरेका छन्। त्यसो त धनकुटामा उत्पादित नरिवल बिस्कुटको इतिहास ७० वर्ष पुरानो हो। हातबाट निर्मित नरिवल बिस्कुट कुनैबेला चियासँग खाजाको रुपमा खाने गरिन्थ्यो।

विसं २०११ मा स्थापित धनकुटा नगरपालिका-४ स्थित मोहन बिस्कुट उद्योग जिल्लाकै सबैभन्दा पुरानो घरेलु बिस्कुट उद्योग हो। औपचारिक रुपमा विसं २०३० मा उद्योग दर्ता गरी सञ्चालनमा आएको यस उद्योगबाट बिस्कुट बनाउन सिकेर अहिले जिल्लामा १८ वटा घरेलु नरिवल बिस्कुट उद्योग सञ्चालनमा छन्।

उद्योग सञ्चालक मोहन श्रेष्ठका अनुसार अहिले उद्योगले दैनिक दुई सयदेखि एक हजार झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्छ। उत्पादित बिस्कुट धनकुटा बजार पर्यटकीय नगरी भेडेटार र तेह्रथुम जिल्लाको जिरिखिम्ती लगायतका स्थानबाट कोसेलीका रुपमा बिक्री हुने गरेको छ।

बाह्र जना कामदार राखेर १६ प्रकारको बिस्कुट उत्पादन गर्दै आएको उद्योगले नरिवल बिस्कुट बाहिरबाट जिल्ला आउने र जिल्लाबाहिर जानेले कोसेलीका रुपमा लाने गरेका छन्।

त्यस्तैगरी धनकुटा नगरपालिका-६ पात्लेखोलाको ओम बिस्कुट उद्योगले दैनिक तीनदेखि चार सय झोला नरिवल बिस्कुट उत्पादन गर्दै आएको छ। बिगत १२ वर्षदेखि नरिवल बिस्कुट उत्पादन गर्दै आएको उद्योगका सञ्चालक टीका कटुवालले आफ्नो उद्योगबाट उत्पादित बिस्कुट कोसेलीकै रुपमा बिक्री हुने गरेको जानकारी दिए।

कटुवालका अनुसार जिल्लामा घुम्न आउनेले कोसेलीका रुपमा लाने र जिल्लाबाट बाहिर जाँदा आफन्तलाई बिस्कुट कोसेली लाने चलन छ। ‘यहाँ खाएर त सकिने कुरै भएन जिल्लामा उत्पादन भएको सबै बिस्कुट कोसेलीका रुपमा नै जाने हो’, कटुवालले भने।

त्यस्तै २०६६ सालबाट दुई लाख लागतमा धनकुटा-१ हिले बजारमा बिस्कुट उद्योग सञ्चालन गरेका टेकबहादुर गोङ्वा तामाङले पनि दैनिक तीन सय झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्छन्। उनले पनि धनकुटाको पहिचान तथा कोसेलीका रुपमा जिल्ला बाहिर नरिवल बिस्कुट लैजाने गरेको बताए।

अहिले नरिवल बिस्कुटको खुद्रा मूल्य प्रतिझोला ६० देखि ८० रूपैयाँसम्म छ। जिल्लामा प्रायः सबै पसल तथा राजमार्गका पसलमा नरिवल बिस्कुट बेच्न राखेको देखिन्छ। विगत ११ वर्षदेखि धनकुटाको बसपार्कमा व्यापार गर्दै आएकी चन्द्रकला प्रधानले बाहिरबाट आउने पाहुनाले कोसेलीका रुपमा नरिवल बिस्कुट नै किनेर लैजाने गरेको बताइन्।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाका अनुसार बिस्कुट उद्योगले उत्पादन गरेको प्रायः सबै बिस्कुट कोसेलीका रुपमा बिक्री हुने गरेको छ। जसका कारण बिस्कुट उद्योग फस्टाइरहेका छन्।

कार्यालयको तथ्यांकअनुसार अहिले धनकुटा नगरपालिकामा १३ वटा, पाख्रिबास नगरपालिका र छथर गाउँपालिकामा दुई/दुई वटा र सहिदभूमि गाउँपालिकामा एउटा घरेलु बिस्कुट उद्योग सञ्चालनमा रहेका छन्। रासस

बिहिबार, १३ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे