file photo

वसन्त याममा हिमाल आरोहण गर्न नेपालसहित ५७ देशका नागरिकले अनुमति लिएका छन् । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार विभिन्न २६ हिमाल आरोहणका लागि ५७ देशका ७६७ जना आरोहीले आरोहण अनुमति लिएका हुन् ।

उनले भने, “यस वर्षको हिमाल आरोहणतर्फ अनुमति लिनेमा ८६ समूहका १६३ महिला र ६०४ जना पुरुष रहेका छन् । अनुमति लिएका मध्ये सबैभन्दा बढी अमेरिका र चीनबाट रहेका छन् ।” आरोहणका लागि सबैभन्दा बढी अमेरिकाबाट ६६ जना, चीनबाट ६४, बेलायतबाट ३०, भारतबाट २२, जापानबाट १९ र रसियाबाट १७ जना रहेको उहाँले जानकारी दिए । विभागको तथ्याङ्क अनुसार यस वर्ष सबैभन्दा बढी सगरमाथा आरोहण गर्न हालसम्म ३६४ जनाले अनुमति लिएका छन् ।

अनुमति लिनेमध्ये ३४ समूहका ६८ महिला र २९६ पुरुष रहेका छन् ।

वसन्त याममा सगरमाथा आरोहणका लागि उपयुक्त मानिने भएकाले सगरमाथा आरोहण गर्नेको सङ्ख्या सबैभन्दा बढी रहेको विभागले जनाएको छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै ४७८ ले अनुमति लिएका थिए ।

सगरमाथा पछि सबैभन्दा बढी अमादब्लम आरोहणका लागि सात समूहका ६३ पुरुष र १७ महिला गरी ८० जनाले अनुमति लिएका छन् । त्यसै गरी लोत्सेका लागि ७५ जना, मकालु पहिलोका लागि सबैभन्दा बढी ४५ जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहण शुल्कबापत मात्रै सरकारलाई ५२ करोड ३२ लाख ६० हजार ९९९ रुपियाँ हिमाली दस्तुर ९राजस्व० प्राप्त भएको छ । त्यस्तै २६ वटै हिमालमा दिएको अनुमतिबापत ५८ करोड २४ लाख ७९ हजार ८३० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

बुधबार, १२ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे