दोलखाको शैलुङमा निर्माणाधीन अवस्थामा रहेको शैलुङ ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको सो ग्रेटवाल घुम्न जानेको सङ्ख्याको वृद्धि हुँदै गएको छ ।

धार्मिक तथा पर्यटकीय स्थल शैलुङ जाँदा शैलुङ ग्रेटवालमा पनि पर्यटकहरू बाक्लिन थालेको हो । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण सो ग्रेटवाल अहिले पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेले बताए । ग्रेटवाल हेर्न र शैलुङमा ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न विदेशी पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

ग्रेटवालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताउँदै उहाँले शुक्रबार शनिबार र बिदाको दिन पर्यटकको सङ्ख्या उल्लेख्य रहने उहाँले जानकारी दिए । नयाँ वर्षमा मात्रै करिब २० हजार पर्यटक ग्रेटवाल हुँदै शैलुङ डाँडा सम्म पुगेको न्यौपानेको भनाइ छ ।

पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवर्द्धन गर्नका लागी मिनी ग्रेटवाल निमार्णको काम सुरु गरिएको थियो । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको हो । शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुङ्गा ९ सय ५० मिटरसम्म निर्माणको डिपिआर तयार गरिए तापनि अहिले ५ सय मिटर मात्र ग्रेटवाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।

ग्रेटवाल निर्माणको लागि सङ्घीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट रहेको छ । प्रारम्भिक चरणमा ५ सय मिटर ग्रेटवाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४ सय १८ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो ।

नेदरल्यान्डका पर्यटकहरूले समेत शैलुङ ग्रेटवाल अवलोकनसँगै शैलुङडाँडाको भ्रमण गरेका छन् । नेदरल्यान्डका नागरिकहरू हरेक वर्ष शैलुङ घुम्न आउने गरेको शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरत दुलालले बताए ।

सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियान अन्तर्गत शैलुङमा ग्रेटवाल निर्माणको लागि प्रस्ताव गरिएको थियो । शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरत दुलालले सङ्घीय सरकारले पर्यटकीय गन्तव्य निर्माणका लागि सहयोग गर्ने भएपछि शैलुङलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने उद्देश्यकासाथ गाउँपालिकाले ग्रेटवाल निर्माणको प्रस्ताव गरेको दुलालले बताए । ग्रेटवाल निर्माण भएपछि शैलुङलगायत यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्ने उनको विश्वास छ ।

ग्रेटवाल निमार्णलाई थप व्यवस्थित बनाउन आगामी वर्ष थप बजेट विनियोजन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । काठमाडौँबाट सिन्धुपाल्चोकको मुडे हुँदै मिनिग्रेटवाल हुँदै शैलुङ पुग्न सकिन्छ ।

बुधबार, १२ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे