यही वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि विश्वभरका साढे चार सय भन्दा बढी लगानीकर्ताले प्रतिबद्धता पठाएका छन् । लगानी बोर्डको कार्यालयका अनुसार आजसम्म ३६ देशका ४ सय ६२ जनाले सहभागिताको प्रतिबद्धता जनाइसकेका छन् ।

बोर्डको कार्यालयले लगानी सम्मेलनमा सहभागिताका लागि विश्वभरका ‘हाइप्रोफाइल’ व्यवसायीसहित १हजार ३ सय ५५ जनालाई निम्तो पठाएको थियो । जसमध्येबाट ४ सय ६२ जना (नेपाली व्यवसायीसहित) ले सहभागिताको प्रतिबद्धता पठाएका हुन् । बोर्डका अनुसार चीनबाट सबैभन्दा धेरै ६४ जना र भारतबाट ५७ जनाले प्रतिबद्धता जनाएका छन् । यसपछि जर्मनीबाट १२ जना लगानीकर्ताले सहभागिता जनाउने भएका छन् ।

यस्तै बेलायतबाट ११, अमेरिका र बंगलादेशबाट समान १०–१० जना लगानीकर्ता सहभागी हुनेछन् । संयुक्त अरब इमिरेट्स र जापानबाट समान ८–८ जनाले सहभागिता जनाउने प्रतिबद्धता पठाइसकेका छन् भने दक्षिण कोरियाबाट ७ जनाले र पाकिस्तान तथा अष्ट्रेलियाबाट समान ६–६ जनाले सहभागिता जनाउनेगरी बोर्डमा मेल पठाइसकेका छन् ।

यस्तै सिंगापुरबाट ४, मलेसियाबाट ४ तथा रुस, फिनल्याण्ड, कोलम्बिया र क्यानडाबाट समान ३–३ जना लगानीकर्ताले अहिलेसम्म सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै, कतार, युरोपियन युनियन, बेल्जियम, बहरायन, अष्ट्रियाबाट समान २–२ जनाले सम्मेलनमा नेपाल आउने ‘कन्फर्मेसन’ पठाएका छन् । भियतनाम, वानुआतु, टर्किए, थाइल्याण्ड, स्वीजरल्याण्ड, श्रीलंका, साउदीअरब, रोमानिया, मोरोक्को, मौरिसस, मौरिसिनिया र साइप्रसबाट १–१ जनाले सहभागिता जनाउने प्रतिबद्धता जनाइसकेका छन् । यसबाहेक अन्यत्रबाट ६० जना प्रतिनिधि नेपाल आउने छन् ।

लगानी बोर्डले लगानी सम्मेलनमा विश्वभरका धनाड्य उद्योगपति व्यापारी र लगानीकर्तालाई निम्तो पठाएको थियो । एलन मस्क, जेफ बेजोस, मुकेस अम्बानी, गौतम अडानी, मार्क जुकरवर्ग लगायतलाई समेत निम्तो पठाएको थियो । यस्तै ज्याक मालाई समेत निम्तो पठाएकोमा धेरैजसोले सहभागिता जनाउने÷नजनाउनेबारे जानकारी दिइसकेका छैनन् ।

बोर्डका प्रवक्ता पद्युम्न प्रसाद उपाध्यायले सहभागिता जनाउने प्रतिबद्धता दिनदिनै बढ्दै जाने बताए । निम्तो पठाएका धेरैजसोको सहभागिता हुने सम्भावना बढेको उनले बताए । ‘लगानी सम्मेलन सुरु हुनु अघिसम्म निरन्तररुपमा सहभागिता जनाउने प्रतिबद्धता आइरहन्छ,’ उपाध्यायले भने ।

बुधबार, ५ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !