तीन सातायता काठमाडौंमा वायु प्रदूषण बढ्दै गएको थियो । आजसमेत वायुको गुणस्तर अस्वस्थकर रहेको सूचकांकले देखाएको छ । अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरका अनुसार आज दिउँसो काठमाडौंको वायुको गुणस्तर १ सय ५२ यूएस एक्यूआई (एयर क्वालिटी इन्डेक्स) छ । १ सय ५२ एक्यूआई हुनु वायु अस्वस्थकर रहेको संकेत हो ।

एक्यूआई शून्यदेखि ५० सम्मको (हरियो) रहेको वायु स्वस्थकर हुन्छ । ५१ देखि १ सय सम्मको (पहेँलो) भए होसियार रहनुपर्ने र १ सय १ देखि १ सय ५० एक्यूआईसम्म (खैरो) रहेको वायुले श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ ।
१ सय ५१ देखि २ सय सम्म एक्यूआई (रातो) पुगेमा सबैका लागि अस्वस्थकर हुने र सोभन्दा माथि जति बढ्दै गयो उति वायु अति हानिकारक बन्दै जान्छ । वातावरण विभागका अनुसार हिजो २४ घण्टाको औसत वायुको गुणस्तर रत्नपार्कमा १ सय ५६ र खुमलटारमा १ सय ५२ एक्यूआई थियो ।

गएको साता चैत २९ गते दुईसय एक्यूआईसम्म पुगेको थियो । सोमबारबाट प्रदूषण केही कम भएको छ । विभागको सूचकांकमा आज दिउँसो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायुको गुणस्तर १ सय ३० भन्दा कम छ ।

देशका विभिन्न स्थानमा भएका डढेलोका कारण प्रदूषण उच्च भएको विज्ञहरूले बताएका छन् । शनिबारयता भने डढेलो र आगलागीका घटना कम भएको रािष्ट्रय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । तर प्रदूषण पूरै हट्न भने ठूलो हावाहुरी चल्नुपर्ने वा वर्षा हुनुपर्ने विभागका उप–महानिर्देशक तारादत्त भट्ट बताउँछन् । तर, तत्काल ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा र बाँकी पहाडी भू–भागका थोरै स्थानमा हल्का हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।

बुधबार, ५ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे