Trending
मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भए पनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति फेरि तरंगित बनेको छ ।
एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडि सरिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्ति भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरि तरंगित बनेको हो ।
एमालेले सोडारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ । एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरू केन्द्रमा छलफलमा रहेको बुझिएको छ । एमालेले सोडारीबाहेक जो भए पनि आफूहरूलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएको छ ।
एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दाबी गर्ने तयार गरेका सोडारी छलफलमा रहेका छन् । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यसअघि नै गरिसकेको छ ।
एमाले अध्यक्ष केपी ओलीले साडारीलाई सहयोग गर्न नसकीने बताएकाछन् । यता समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने आफ्नो पार्टीले जस्लाई अघि सारेपनि स्वीकार गर्नु पर्न अडान राखेकाछन् । आ–आफ्नो अडानका कारण सुुदुरपश्चिमको मुख्यमन्त्रीको पद अन्योलमा पर्दे गएको छ ।