file photo

राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन् । विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताए ।

“यसको लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रुप दिन अनिवार्य छ,” राष्ट्रपति पौडेलले भने ।

तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरु र स्मारकहरु लुकेर रहेको चर्चा गर्दै उहाँले तिनको खोजी गर्नु, संरक्षण गर्नु र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको धारणा व्यक्त गरे ।

“अहिले तनहुँसुरलाई यता चुँदीतिरबाट र उता दमौली तिरबाट पक्की बाटोले जोड्ने काम पनि भैरहेको छ, दक्षिणतिर भगवती रंगपथसमेत गरी तीनै तिरबाट पक्की बाटो तनहुँसुर ताकेर बन्दैछ, हिजोको असुविधा र विकटता हट्दै छन्, डाँडका दिन फर्कदै छन्”, उनले भने ।

 

सोमवार, ३ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा