Trending
एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताले अहिले सरकार पनि नबन्ने र देश पनि नचल्ने बताएका छन् । एमाले संसदीय दलको आज बसेको बैठकमा अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने काम आफूहरुको भएको बुझेको बताए ।
त्यही बुझेर नै विस्तार र एकताबाट दुई तिहाइको अवस्थामा पु¥याएको भन्दै उनले भने, ‘त्यसलाई तोडेर आन्दोलन कमजोर भयो । अहिले भने सुशासन समृद्धिको बाटोतर्फ अगाडि बढ्ने, नराम्रो काम गर्दिनँ भन्ने प्रतिबद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक रहेको उनले बताए । अध्यक्ष ओलीले भने, ‘आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ ।’ वामपन्थी भन्ने, भोट चाहिं कांग्रेसलाई हाल्नेहरुसँग एकता गरेर पार्टी बलियो नहुने बताए । उनले अगाडि भने, ‘यस्ता शक्तिहरुसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम राख्नुहुँदैन ।
पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, सुदृढ गर्नुपर्छ ।’ ‘एकता परेका बखत गर्छौं, तर छानेर’ उनले भने, ‘पार्टी बिगार्ने अवसरको खोजीका लागि कुनै एकता हुँदैन । आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलब्ध गराउँदैनौं ।’