एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति तोडेको भन्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन गर्न विद्रोह गरेपछि गठबन्धनमा गरंगित भएको छ ।

कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका थिए । जसका कारण नयाँ सरकार गठन गर्न नेकपा एस कांग्रेस समर्थित नयाँ समीकरणमा सहभागी भएपछि सत्ता गठबन्धनमा तरंग पैदा भएको हो । दाहाल र ओलीले सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एसलाई दिने सहमति गरेका थिए । तर, उनीहरुले रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिलाई दिने अर्को सहमति गरेपछि माधव नेपालले विद्रोह गरेका हुन् । सुदूरपश्चिम प्रदेशको नेतृत्वको विषयलाई लिएर नाउपामै विभाजन पनि आएको छ ।

कांग्रेस, नेकपा एस र राप्रपाको समर्थन जुटाएर नाउपाका रेशम चौधरी निकट लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरी सकेकाछन् । त्यस्तै एमाले र माओवादीको समर्थनमा रञ्जिता पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । गठबन्धनभित्र विवादसँगै नाउपाभित्रबाटै दोहोरो मुख्यमन्त्रीको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुख कानूनी परामर्शमा छन् । यद्यपि, नाउपा सुदूरपश्चिममा रेशम पक्षकै बहुमत छ ।

रेशम पक्षका लक्ष्मणकिशोर मुख्यमन्त्री नियुक्त भए त्यसको तरंग केन्द्रसम्म आउने नेताहरुले दाबी गर्न थालेका छन् । तर, सत्ता गठबन्धन मुख्य घटक एमालेका अध्यक्ष ओलीले नेकपा एसले दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रकट गरेको भन्दै आक्रोश पोखेका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एस भन्ने पार्टी छ एउटा । हिजोमात्रै प्रधानमन्त्रीको दाबी गर्ने, मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो सुदूरपश्चिममा । एकीकृत समाजवादी के नामको पार्टी, त्यसले त्यसप्रकारको अराजनीतिक निर्णय लियो ओलीले भने ।

यतिबेला आन्तरिक रुपमा त्यसमा विपक्षहरुको आशा पलाउने गरी जनतामा आशंका, अन्योल र निराशा केही मात्रामा भए पनि पैदा हुनेगरी त्यस पार्टीले कदम चाल्यो । यस पार्टीको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगले प्रकट भयो । यसैले कुनै फरक पार्नेवाला छैन । यसले केही फरक पार्नेवाला छैन, ओलीले भने ।

ओलीको यो अभिव्यक्तिपछि नेकपा एसका नेताहरु थप बिच्किएका छन् । उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डे, मेटमणि चौधरीलगायतका नेताहरूले गठबन्धनको विकल्प सोच्न अध्यक्ष नेपालमाथि दबाब बढाउन थालिसकेका छन् । ओलीको यो आक्रोशपछि नेकपा एसका केन्द्रीय सदस्य सुदेश पराजुलीले अझै पनि राजनीतिमा अराजकतावाद र असहिष्णुको मुख्य भकारी ओली प्रवृत्ति र ओली नै भएको टिप्पणी गरे ।

उन्ले नेपाली राजनीतिमा झूट, छलछाम, गालीगलोज, आरोप–प्रत्यारोप, विधि पद्धतिको उल्लङ्घन, सहमतिमा धोकाधडीको सुरुवात ओलीबाट नै भएको छ ।’ नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि दाहाल–ओलीले गठबन्धनको जरा काट्न थाले देशभरि समस्या सिर्जना हुनसक्ने चेतावनी दिए ।

सुदूरपश्चिम प्रदेशको नेतृत्व आफूहरुलाई दिने सहमतिबाट दाहाल र ओली ब्याक भएपछि नयाँ ढंगबाट अघि बढेको उनको भनाइ छ । यही समीकरणअनुसार अब अन्य प्रदेशदेखि केन्द्रसम्मै परकम्प आउनसक्छ भन्ने उन्को भनाई थियो । जरा काटेपछि रुखको टुप्पोको पात आफैं सुक्छ । त्यसैले गठबन्धनको जरा काट्न सुदूरबाट सुरू भयो ।

सोमवार, ३ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे