पाकिस्तानले आज आफ्नो ८४ औँ राष्ट्रिय दिवस काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । उपराष्ट्रपति डा. रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा दूतावासले कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले सन् १९४० को मार्च २३ को पाकिस्तान प्रस्तावको ऐतिहासिक महत्त्व रहेको बताए । उनले पाकिस्तान निर्माणका लागि लोकतान्त्रिक संघर्ष गरेकोमा कायदे–ए–आजम मुहम्मद अली जिन्नाको नेतृत्वका पुर्खाको योगदानलाई स्मरण पनि गरेका थिए ।

सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको उनको भनाइ थियो । पाकिस्तान र नेपालबीच भौगोलिक, सांस्कृतिकदेखि हिमालयका चुचुरा र प्राकृतिक सम्पदाको समानता रहेकोमा राजदुत हाश्मीले जोड दिए ।

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, परराष्ट्र सचिव सेवा लम्साल र नेपाली सेनाका पूर्वप्रधानसेनापति समेत उपस्थिति थिए ।

यस्तै, राजनीतिक, नागरिक तथा व्यापारिक अगुवा, निजामती तथा सैनिक अधिकारी, राजदूत, कूटनीतिज्ञ, पाकिस्तानी समुदाय, पत्रकार तथा नागरिक समाजका प्रतिनिधि पनि कार्यक्रममा उपस्थित रहेको दूतावासले जनाएको छ ।

सोमवार, ३ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे