नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा वन्यजन्तु सप्ताह सुरु भएको छ । वन तथा वन्यजन्तु संरक्षणका लागि ढोरपाटन सिकार आरक्षले वन्यजन्तु सप्ताह थालेको हो । वैशाख १ गतेदेखि सुरु भएको कार्यक्रम ७ गतेसम्म सञ्चालन हुने छ ।

यस अवसरमा स्थानीयवासीलाई वनजङ्गल र वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत पशुपति अधिकारीले जानकारी दिए । पहिलो दिन प्रभात फेरीसहित जनचेतनामूलुक कार्यक्रम गरिएको थियो । सात दिनसम्म आरक्षण क्षेत्रको संरक्षणमा स्थानीय नागरिकलाई अपनत्व हुने प्रशिक्षण दिइने उनको भनाइ छ ।

पछिल्लो समय चोरी सिकारी बढ्न थालेपछि सिकार आरक्ष कार्यालयले नागरिकलाई वन्यजन्तुसम्बन्धी कानुनी प्रावधानको जानकारी गराउने आरक्ष कार्यालयले जनाएको छ । वन्यजन्तु सप्ताहका अवसरमा ढोरपाटन क्षेत्रका विभिन्न स्थानमा सरसफाइ, घोडा दौड प्रतियोगिता, विद्यालय शिक्षा कार्यक्रम, पर्यटन व्यवसायीसँग पर्यटन प्रवर्द्धनसम्बन्धी गोष्ठी सञ्चालन भइरहेका छन् ।

आइतवार, २ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे