नयाँ वर्षको पहिलो दिन लुम्बिनीमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरलगायत कोषको हाताभित्र रहेका सबै गुम्बामा दर्शनार्थीको घुइँचो लागेको हो ।

मायादेवी परिसर, केन्द्रीय नहर, गुम्बाहरूमा आन्तरिक एवं भारतीय पर्यटकको भरिभराउ थियो । आन्तरिक पर्यटक र भारतीय पर्यटक भ्रमणको केन्द्रका रूपमा लुम्बिनी रहेको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार वर्षको पहिलो दिउँसो ३ बजेसम्म १० हजारभन्दा बढी दर्शनार्थीले मायादेवी मन्दिरको अवलोकन गरेका छन् ।

विश्व शान्तिको केन्द्रका रूपमा रहेको लुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल हो । आफ्नो नयाँ वर्षको सुरुआत यहीबाट गर्ने धेरै नेपालीको चाहना हुन्छ । यसले पनि नयाँ वर्षमा लुम्बिनीमा आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढाएको छ । ‘लुम्बिनीको परिचय नै पर्याप्त छ, नेपालीको पहिचान विश्वमा नै चिनाएको कारण यहीँबाट नयाँ वर्षको सुरुआत गर्ने सोच बनाएँ’, पश्चिम नवलपरासी बर्दघाटका कमलकिशोर रायमाझीले भने, ‘अहिले यहाँ मजस्ता पर्यटकको घुइँचो देखेर निकै रमाइलो लागेको छ ।’

विसं २०७० को दशकमा नेपाल भूकम्पको त्रासदीदेखि कोभिड र आर्थिक मन्दीको मार खेपेकाले नेपालमा शान्ति र खुसी छाओस् भन्दै नेपालीहरूले कामना गरेका छन् । यससँगै नेपालमा राजनीतिक स्थिरता र पर्यटन क्षेत्रको विकासका लागि पनि दर्शनार्थीले लुम्बिनीबाट कामना गरेका छन् । गुल्मी हर्मिचौरका तुलासिंह पाण्डे भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा एक पटकको भ्रमणले मात्र चित्तै नबुझ्ने बताउँछन् । उनले पहिलेको तुलनामा लुम्बिनीमा धेरै विकास भएको बताउँदै पटकैपिच्छे आउँदा लुम्बिनीमा परिवर्तन आउने गरेको सुनाए । सरसफाइलगायत अन्य व्यस्थापन राम्रो रहेको उनले प्रतिक्रिया दिए ।

लुम्बिनी विकास कोषले लागू गरेको ई–टिकटका कारण भने कतिपय पर्यटकले भने सास्ती खेपेको बताएका छन् । बर्दिया बढैयाताल गाउँपालिका–७ का चुडामणि अर्यालले अर्घाखाँचीको सुपादेउराली हँुदै लुम्बिनी आएको बताए । उनी पछिल्लो पटक २०५६ मा लुम्बिनीमा आएका थिए । त्यसयता लुम्बिनीमा धेरै परिवर्तन भइसकेको अर्यालले बताए । ‘ई–टिकटको व्यवस्था रहेको जानकारी पायौँ, तर मोबाइलबाट टिकट लिन खोज्दा भएन’, उनले गुनासो गरे, ‘टिकटकै लागि धेरै बेर भौतारिनुप¥यो, कोषले यसमा सुधार गर्नुपर्छ ।’ लुम्बिनी विकास कोषले रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र कपिलवस्तुका नागरिकबाहेक अन्यलाई मायादेवी मन्दिर दर्शनका लागि शुल्क तोक्दै टिकटको व्यवस्था गरेको छ । रासस

आइतवार, २ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा