पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न आउने गरेका छन्। नयाँ वर्ष २०८१ को अवसरमा शनिवार बिहानै २ हजार बढी आन्तरिक तथा बाह्य पर्यटक झुल्के घाम हेर्ने श्री अन्तु पुगेका छन्।

समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित छ ।

दृश्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि अत्यन्त आकर्षक दृश्य देखिन्छ । पशुपतिनगर र फिक्कलबाट १४ किलोमिटरको दूरीमा पर्दछ ।

तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । हुन त इलाममा धेरै पर्यटकीय गन्तव्य छन् तर, अन्तुमा जस्तो सडकको सहजता सबै पर्यटकीयस्थलमा छैन ।

अन्तु डाँडाबाट बिहान हेरिने सूर्योदय लोभलाग्दो हुन्छ । बङ्गालको खाडीबाट उदाउने सूर्य झुल्किँदाको दृश्य देखिन्छ । पर्यटकले आँखैअगाडि सूर्य झुल्किँदाको दृश्यले छुट्टै आनन्दको महसुस गर्ने गरेका छन्।

अन्तु सूर्योदयका लागि जति प्रख्यात छ, त्यति नै होमस्टे पनि चर्चित छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनसँगै होमस्टेको स्वाद चाख्न र कामको थकान मेटाउन पनि यहाँ बर्सेनि पर्यटक बढ्दै गएको अन्तु पर्यटन विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए ।

हरेक वर्ष एक लाखभन्दा बढी पर्यटकहरू होमस्टेमा बस्ने गरेको आलेको भनाइ छ । नेपालको सबैभन्दा ठूलो होमस्टे श्रीअन्तुको हो । यहाँ ६० घर होमस्टेमा दर्ता भएका छन् ।

शनिबार, १ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !