उपराष्ट्रपति रामसहयप्रसाद यादवसँग आज नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाश्मीले भेटघाट गरेकाछन् । उनले काठमाडौस्थित उपराष्ट्रपतिको कार्यालयमा भेट गरेका हुन् । सुरुमै नयाँबर्ष २०८१ सालको एकआपसमा  शुभकामना आदानप्रदान गरेका थिए ।
राजदुत हाश्मिसंग नेपाल पाकिस्तान द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहयोग, शैक्षिक तथा सांस्कृतिक सहयोग र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको थियो । उपराष्ट्रपति यादवले सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र पाकिस्तानबीच घनिष्ठ र सुमधुर सम्बन्ध रहेको बताउँदै उनले भने, ‘हामीले अर्थमन्त्रीस्तर र द्विपक्षीय राजनीतिक तहमा संयुक्त आर्थिक आयोग (जेईसी) स्थापना गरेका छौं ।

 

 


परराष्ट्र सचिव स्तरमा परामर्श संयन्त्र (बीसीएम)। यी संयन्त्रहरू मार्फत वार्ता र सम्पर्क जारी राख्न आवश्यक छ । उनले दुई देशबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रो सम्बन्धका सबै पक्षमा सधैं गतिशीलता र गुणस्तर अभिवृद्धि भएको पनि बताए । उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड दिए ।
नेपालकालागि पाकिस्तानका राजदूत हाश्मिले नेपाल र पाकिस्ताबीचको सम्बन्ध समधुर रहेको भन्दै आगामि दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे । उन्ले आगामी दिनमा नेपालको हरेक क्षेत्रमा सहयोग गर्न पाकिस्तान तयार रहेको पनि बताए । पाकिस्तान र नेपालबीच एक आपसमा सामाजिक, साँस्कृतिक, पर्यटकीय र खेलकुद क्षेत्रमा सम्बन्ध पहिलेदेखिनै भएको भन्दै यो सम्बन्ध सधैभरी र अझ दरिलो हुदै जाने बिश्वास व्यक्त गरे ।

शुक्रबार, ३० चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे