file photo

व्यवसायीहरूले वैशाख १ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिताबमोजिम कानुनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल चौबिसै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दरबारमार्ग र ठमेल चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिकरूपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए । उनले अहिले ठमेलमामात्रै आठ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताए । तर, दरबारमार्गजस्तो ठमेलमा चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्न सहज नभएको उनको भनाइ छ ।

अध्यक्ष शर्माले स्थायी बसोवास गर्ने क्षेत्र र ठूलो क्षेत्र भएकाले व्यवस्थापन गर्न चुनौती रहेको बताए । वैशाख १ देखि स्वदेशी तथा विदेशी पर्यटकले चौबिसै घण्टा ठमेलमा घुम्न, बस्न र खान सक्नेछन् ।

तर, ठमेल भगवान बहाल क्षेत्रभित्रका व्यवसायीले भने २४ घण्टा व्यवसाय सञ्चालन गर्न नपाउने उनको भनाइ छ । भगवान बहालमा स्थानीयको बसोवास भएकाले १० बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने उनले बताए ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले दरबारमार्गमा करिब २०० व्यवसायी रहेको बताए । उनले करिब सातहजार भन्दा बढीले रोजगारी पाएको बताए ।

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको सक्रियताले पूर्णता पाउन थालेको बताए ।

 

बिहिबार, २९ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा