धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन् ।

चैतको सुरुआतमै धान रोपिसक्नुपर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाइँ गर्नुपरेकाले केही ढिलो भएको नीलकण्ठ नगरपालिका–७ का किसान बलराम अधिकारीले बताए ।

कृषि विकास कार्यालय धादिङका अनुसार जिल्लाभर दुई हजार दुई सय ८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

जिल्लामा दश हजार मेट्रिक टन चैतेधान उत्पादन हुँदै आएको वरिष्ठ कृषि प्रसार अधिकृत निर्मला गुरुङले जानकारी दिइन् । उनले रोपाइँ भर्खर प्रारम्भ भएकाले चैतेधान कति किसानले रोपे भन्ने विवरण सङ्कलन भइनसकेको बताइन् ।

 

बिहिबार, २२ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा