चालु आर्थिक बर्ष २०८०/८१ को फागुन महिनामा मात्रै कामको खोजीमा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ८ महिनामा अर्थात साउनदेखि फागुन मसान्तसम्ममा कामको खोजीमा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन सकिंदासम्म नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको श्रमिकको संख्या २ लाख ८६ हजार ९३२ पुगेको छ । यसबाहेक पुनः श्रम स्वीकृति लिएर जानेको संख्या १ लाख ८४ हजार २८८ जना छ ।

कुन देशमा कति ?

फागुन महिनामा यूएईमा १८ हजार ७ सय ७, साउदीमा १३ हजार २ सय ६७, कतारमा ११ हजार ३ सय ९०, मलेसियामा ८ हजार ७ सय १४, कुवेतमा ३ हजार २ सय ६, रोमानियामा १ हजार ७ सय ८४ जना र जापानमा १ हजार ३ सय ६० जना रोजगारीका लागि पुगेका छन् ।

यस्तै, बहराइनमा ९ सय २८, क्रोयसियामा ९ सय १५, मोरिससमा ८ सय ५९, दक्षिणकोरियामा ७ सय ७०, साइप्रसमा ५ सय ७७ र अमोनमा ५ सय ३३ जना श्रमका लागि उडेका छन् ।

फागुन महिनामा मात्रै ३५ हजार ६६ जना पुरुष र ४ हजार ८ सय ४५ जना महिला श्रमिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

सोमवार, १९ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा