सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा राजेन्द्र बहादुर लामासहित ३ जनालाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ३ सदस्यमा काभ्रेका राजेन्द्रबहादुर लामा, पोखराका ऋषिराम भण्डारी र धादिङका रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो ।

लामा साढे २ दशकदेखि ट्रेकिङ क्षेत्रमा आवद्ध छन् । यस्तै, भण्डारी ३ दशकदेखि पर्वतारोहण क्षेत्रमा आवद्ध छन् भने सापकोटा होटल व्यवसायी हुन् । विगत २ महिनादेखि पर्यटन बोर्डको कार्यकारी समितिमा ३ सदस्य रिक्त रहेका थिए । स्रोतका अनुसार सरकारले नियुक्त गरेको तीनै जना माओवादी केन्द्र निकट हुन् ।

साथै, बिहीबार बसेको मन्त्रीपरिषद बैठकले सहसचिव डा.हरिप्रसाद लम्साललाई सचिव नियुक्त गरेको छ । नेपाल प्रशासन सेवतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सुदूरपश्चिम प्रदेश सरकारका कायमुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारीमा रहेका लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

शुक्रबार, १६ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !