भोजपुर-खोटाङको सिमानामा रहेको पर्यटकीय स्थल चखेवामा नयाँ वर्षको अवसरमा महोत्सव आयोजना हुने भएको छ । टेम्केमैयुम गाउँपालिकाको सहयेगमा चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिको आयोजनामा वैशाख १-३ सम्म कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन गरिने आयोजक समितिका अध्यक्ष आईके राईले जानकारी दिए ।

स्थानीय उत्पादनदेखि विभिन्न परम्परागत सामग्री महोत्सवको आकर्षकको रूपमा रहने उनले बताए । मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि वृतचित्रसमेत प्रदर्शन गरिने भएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, कविता प्रतियोगिता पनि गरिने भएको छ ।

साहित्यकार एवं कलाकारहरू ज्ञानमणि नेपाल, गणेश रसिक, बुलु मुकारुङ, वसन्त मुकारुङ, श्रवण मुकारुङ, शुभ मुकारुङ, राजन मुकारुङ, पारस मुकारुङ, दिनेश बान्तवा, अम्मर बान्तु, कविता राईलगायतको प्रस्तुति रहनेछ ।

यसैगरी कलाकारहरु दयाहाङ राई, भीषण मुकारुङ, कमलीकान्त भेटवाल, सुनिता थेगिम, बबिना किराती, चन्द्रकला राई, फुलन्देको आमा उमेश राईलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कृषि पर्यटन र सांस्कृतिक पूर्वाधार टेम्केमैयुङ गाँउपालिकाको आधार भएको कारण महोत्सव हुन गइरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

महोत्सवस्थल चखेवा धरानबाट ६ घण्टामा (१९२ किमी) पार गरेर पुग्न सकिन्छ । त्यस्तै काठमाडौंबाट करिब १० घन्टा (३०० किमी) दूरीमा छ ।

 

बुधबार, १४ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !