जो हेर्यो लाग्छ त्यही राम्री बोलको तामाङ सेलो गीत सार्वजनिक भएको छ । आज काठमाडौमा एक कार्यक्रमकाबीच समाजसेवी धर्म बिरु लामाको तामाङ सेलो गीत सार्वजनिक गरीएको हो । लामाको शब्दसँगै चर्चित गायक बिश्व दोङको स्वरमा सजिएको गीतको संगीत तथा एरेन्ज भने वरिष्ठ संगितकार रुबिन जोएले गरेका छन् । भिडियोमा चर्चित नृत्य निर्देशक सुरेश पाण्डेको निर्देशन रहेको छ भने सम्पादन तथा कलर सौखिन तिमल्सिनाले गरेका छन् । उक्त गीतको भिडियोमा प्रमुख भुमिकामा पर्वत विश्वकर्मा र माया रानालाई देख्न सकिन्छ । त्यस्तै अन्य कलाकारहरुमा मुना राई, मार्फिना गुरुङ, रेनुका राई, सुनिता लिम्बूलगायतको अभिनय रहेको छ । काठमाडौं र धादिङको सिमानामा छायाँकन गरिएको उक्त गीतमा विभिन्न जात–जातिका भेषभुषा तथा पहिचानलाई झल्काउन खोजीएको छ । सबैको मनमुटुमा बस्न सफल लोकप्रिय गायक विश्व दोङ र उत्कृष्ट गीतकार धर्म बिरु लामाको सहकार्यमा सृजित तामाङ सेलो गीत भिरु प्रडक्सन हाउस युट्युव च्यानलमा सार्वजनिक भएको छ । नेपालमा मात्र नभएर विदेशमा समेत चर्चा कमाइ सकेका गीतकार लामाले यसअघि पनि आफ्ना थुप्रै चर्चित गीतहरु बजारमा ल्याईसकेका छन् । जस्तै राष्ट्रिय गीत हाम्रो देश नेपाल, उकाली ओराली भन्ज्याङमा, जिन्दगीमा घाँमछायाँ, साथै हिन्दी गीत मेरी यादो मे, समेत लेखिसकेका छन् । उनका गीतहरु नेपालका चर्चित गायक राजेशपायल राई, यम बराल, उदय सोताङ, रामकृष्ण ढकाललगायतका वरिष्ठ गायकहरुले गाईसकेका छन् । मुख्य कलकारका रुपमा रहेका पर्वत बिश्वकर्माले पनि यस अघि धेरै म्यूजिक भिडियोमा आफ्नो भूमिका निभाई सकेकाछन् । उन्ले यस अघि अभिनय गरेको म्यूजिक भिडियोसमेत निकै लोकप्रिय रहेको थियो ।

शनिबार, १० चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !