पर्यटक प्रहरी र टुरिस्ट गाइड एसोसिएसनले टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरेका छन् । पछिल्ला दिनमा काठमाडौँको सम्पदा क्षेत्रमा टुरिस्ट गाइडहरूको लाइसेन्स चेकिङमा कडाइ गरिएको टुर्गानले जनाएको छ ।

यसअघि संघले सबै टुरिस्ट गाइडलाई लाइसेन्स नवीकरण गर्न आग्रह गरेको थियो । एसोसिएसनले आफ्नो लाइसेन्स प्रष्ट देखिने गरी भिरेर मात्र पर्यटकलाई घुमाउन समेत गाइडहरूलाई आग्रह गरेको छ ।

सबै ट्राभल र ट्रेकिङ कम्पनीलाई लाइसेन्स प्राप्त वैधानिक टुर गाइडलाई मात्र लिएर नेपाल भ्रमणमा आएका पर्यटक घुमाउन समेत संघले आग्रह गरेको छ ।

लाइसेन्स लिएका गाइड बेरोजगार हुने र गैरगाइडले यस्तो काम गर्ने प्रचलन रहेको भन्दै पछिल्लो समय टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरिएको हो । पर्यटक प्रहरी र संघले बौद्ध, बसन्तपुर, पशुपतिनाथ क्षेत्रमा चेकिङ गरेका छन् ।

शुक्रबार, ९ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !