हुम्लाको सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका पूरै किसान यतिबेला तरकारी खेतीमा व्यस्त छन् । झण्डै ५६ घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्ष यतादेखि गाउँमै तरकारी राम्रो फलाउँदै आएका छन् ।

सुरुमा गाउँका एक–दुई किसानले प्लास्टिकको घर (ग्रिनहाउस) निर्माण गरी तरकारी खेती गर्दै आएका थिए । पछिल्ला केही वर्षमा पूरै गाउँ नै तरकारी खेतीमा आकर्षित भएर राम्रो उत्पादन गर्दै आएको गुणनेवर इन्टरनेसनलका कृषि प्राविधिक जङ्गबहादुर शाहीले बताए । उनले भने, ‘अहिले आफ्नो संस्थाले नौजना हिल्दुम गाउँका किसानलाई तरकारीखेतीका लागि प्लास्टिक, हजारी, रबरको पाइप, तरकारीको बीउ सहयोग गरेको छ ।’

हिल्दुम गाउँका किसानलाई विस्तारै तरकारीमा आत्मनिर्भर बनाउनेतर्फ लाग्ने भएको शाहीले बताए । व्यावसायिक कृषि अँगालेका किसान मेहनत अनुसारको कमाईबाट सन्तुष्ट छन् । कृषि गर्नेमा अधिकांश पाका उमेरका छन् । बेलाबखत पाइने तालिम, अनुदान र उपकरण सहयोगले पनि किसानलाई तरकारी खेतीमा प्रोत्साहन मिल्ने गरेको शाहीले बताए ।

हिल्दुम गाउँमा उत्पादित तरकारी खपत हुने मुख्य बजार सदरमुकाम सिमकोट हो । तरकारीसँगै अन्नबाली, खेत खनजोत, गाईवस्तु, र मौरीपालनमा समेत किसान व्यस्त छन् । तरकारी खेतीबाट आफ्नो परिवारको जीविका चलेको स्थानीय महिला धुनसुब्बा सुनारले बताइन् । तरकारीमा साग, काउली, बन्दा, धनीयालगायत उत्पादन गर्दै आएको सुनारले जानकारी दिइन् ।

कृषक सुनारले भनिन्, ‘एक डोको साग र धनियाँ सदरमुकाम सिमकोटमा बिक्री भयो भने रु एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने गर्दछ ।’ दैनिक बिक्री गर्न पाए आम्दानी राम्रो हुने सुनारको भनाइ छ । हप्ताको तीन–चार दिन तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेको उनले बताइन् ।

बालबच्चाको कापी कलमदेखि घरमा नुन, तेल किन्न पुगेको सुनारले बताइन् । तरकारी खेती गर्दा रोग लागेमा स्थानीय प्रविधिबाट औषधि बनाएर रोग नियन्त्रण गर्ने गरेको बताइन् । स्थानीय सकुन्तला शाही पनि कृषि काममा व्यस्त छिन् । उनी यतिबेला ग्रिनहाउसमा तरकारी फलाउनमा व्यस्त देखिएकी छन् । हिउँदको समयमा गाउँमा उत्पादित तरकारीले बजार राम्रो पाउने गरेको कृषक शाहीको भनाइ छ ।हिल्दुम गाउँका किसानले कसैले विभिन्न कृषिसम्बन्धी काम गर्ने सङ्घसंस्थाबाट प्लास्टिकका पाल सहयोग पाएका छन् भने कसैले आफ्नै व्यक्तिगत खर्चमा लगानी गरेर पाल किनेर तरकारी खेती गरेका छन् । गाउँका सबैले यतिबेला आफ्नो घर अगाडि रहेका खेतबारीमा तरकारी फलाउँदै आएका छन् । गाउँमा फलाएको तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट लैजान ३० मिनेट समय लाग्ने गरेको छ ।

गाउँमा सडकले नछोएको भए पनि डोकोमा बोकेर तरकारी बिक्री गर्न किसान सिमकोट पुग्ने गर्दछन् । युवा पुस्तामा तरकारीखेतीको आकर्षण नदेखिए पनि गाउँमा रहेका उम्मेर छिपिएका महिला तथा पुरुषले यो व्यवसाय गर्दै आएका छन् । गाउँमा सिँचाइ नभए पनि वर्षायाममा यहाँका किसानले आकाशे पानीको भरमा तरकारी फलाउँदै आएका छन् । कृषकले हिउँद याममा भने प्लास्टिकको घर निर्माण गरी तरकारी फलाउँछन् । जिल्लाका अन्य बस्तीमा कमै मात्र किसान तरकारीखेतीमा लागेको पाइन्छ । हिल्दुम गाउँका ५६ घरधुरी सबै तरकारी फलाउँछन् । गाउँमा फलेको साग, धनियाँ, काउली, बन्दाले सदरमुकाम सिमकोटमा राम्रो बजार पाउनाका साथै बिक्री हुने गरेको छ । रासस

शुक्रबार, ९ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा