file photo

यस वर्षको दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै मनाङमा पर्यटकको चाप बढेको छ । जनवरी १ देखि मार्च १५ सम्मको तथ्याङ्क अनुसार एक हजार ८५३ पर्यटक मनाङ पुगेका छन् । पुस–माघमा उक्त क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्या घटेकामा फागुनयता विस्तारै बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक सूचना केन्द्र धारापानीले जनाएको छ ।

पर्यटक सूचना केन्द्र धारापानीका प्रमुख भूपेन्द्र गुरुङका अनुसार सबैभन्दा धेरै २१८ जना चिनियाँ पर्यटकले मनाङ भ्रमण गरेका छन् । सबैभन्दा कम पर्यटक दक्षिण अफ्रिकालगायत २५ मुलुकका छन् । असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई मुख्य पर्यटकीययाममा यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने गर्दछ । जाडो र वर्षात्को याममा कम पर्यटक घुम्न आउँछन् । चैत–वैशाखमा अझ धेरै पर्यटक मनाङ भित्रने बताइन्छ ।

असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ । यी दुवैयाममा मनाङमा पदयात्राका लागि विदेशी र आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ । कोभिड–१९ महामारीका बेला पर्यटक आगमन ह्वात्तै घटेकामा महामारीको अन्त्यसँगै पर्यटनले फेरि पुरानै लय समातेको छ ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने १० गन्तव्य सूचीमा राखेको थियो । गत कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस अन्नपूर्ण आधार शिविर पुगेपछि त्यस क्षेत्रले थप चर्चा पाएको थियो ।

मङ्लबार, ६ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई