चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा रहेका मध्यवर्ती सामुदायिक वनमा डढेलोका कारण हुनसक्ने समस्याका लागि निकुञ्जले उच्च सावधानी अपनाएको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा अग्निरेखा निर्माण, सरसफाइजस्ता कामलाई तीव्र बनाइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा डढेलो नियन्त्रणका लागि कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनालगायतको टोलीलाई तयारी अवस्थामा राखिएको छ । अग्नि नियन्त्रणका आवश्यक सामग्री तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

उनका अनुसार निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा आगलागी हुन नदिनका लागि उपभोक्तालाई सचेतना जगाउने कार्यलाई तीव्र पारिएको छ । उनले भने, “डढेलोबाट हुने क्षति र यसको प्रभावका विषयमा हामीले जनमानसमा चेतना फैलाउने काम गरिरहेका छौँ ।”

सामुदायिक वन क्षेत्रमा डढेलो लागेमा समुदायलाई नै परिचालन गरी डढेलो नियन्त्रण गर्ने योजना बनाइएको छ । डढेलोका कारण संरक्षित वन्यजन्तुलाई पर्ने असरका बारेमा जानकारी गराइएको उनले बताए । तिवारीका अनुसार साना संरक्षित वन्यजन्तुमा धेरै असर पर्ने गरेको छ । यस्तै वनस्पतिमा डढेलोले असर पर्ने भएकाले यसलाई नियन्त्रणसँगै डढेलो नै लाग्न नदिनका लागि निकुञ्जले काम गरिरहेको उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटरमा फैलिएको छ भने मध्यवर्ती सामुदायिक वन सात सय २९ दशमलव ३७ वर्ग किलोमिटरमा फैलिएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना डढेलो नियन्त्रणका लागि समुदायस्तरमा तालिम, सचेतनालगायत कार्यक्रम नियमित सञ्चालन गरिरहेको बताउँछन्।

उनले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा आगलागी भएमा वन, वन्यजन्तुसँग, मानव र मानवबस्तीमा असर पर्ने भएकाले स्थानीय बासिन्दासमेत सचेत रहेको बताए । उनले डढेलो लाग्नै नदिने र लागि हालैमा के गर्ने भन्नेबारेमा आममध्यवर्तीवासीलाई प्रशिक्षित गराइएको जनाउँदै संरक्षणमा सबै जुट्ने बताए ।

सोमवार, ५ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे