चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात साउनदेखि फागुनसम्ममा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चारलाख ७१ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार यो गएको आर्थिक वर्षको यही अवधिभन्दा १३ प्रतिशतले कम हो । यस आर्थिक वर्षको अहिलेसम्म सबैभन्दा धेरै मंसिरमा ७१ हजार र सबैभन्दा कम कात्तिकमा ४३ हजार जना बिदेसिएका छन् ।

फागुन महिनामा ६५ हजार ६५८ जनाले श्रम स्वीकृती लिएको विभागको तथ्याङ्कले देखाएको छ । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या हो । फागुनमा कामको खोजीमा विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् भने ५८ हजार ८९३ जना पुरुष रहेका छन् । अघिल्लो वर्ष फागुनमा मात्र ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।

वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपाली गएका छन् । फागुनमा मात्र १८ हजार ७ सयले यूएईका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । बितेको आठ महिनामा यूएईका लागि एक लाख २० हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् ।

यूएईपछि दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । यस अवधिमा कतारका लागि ९२ हजार ११४ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै साउदी अरब जानका लागि ९१ हजार ९२९ जनाले र मलेसियाका लागि ६४ हजार ९७६ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै रेमिट्यान्स पनि बढेकोे छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनासम्म आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

सोमवार, ५ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !