नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रीय सदस्यमा सूर्यकुमार बराल निर्वाचित भएकाछन् । युवा व्यवसायी बराल लामो समयदेखि सुनचाँदी व्यवसायमा सम्लग्न छन । उन्को यस ब्यवसायमा लामो दख्खल छ । संखुवासभाका बरालले लामो समयदेखि काठमाडौमा सुनचाँदी ब्यवसाय गर्दे आएकाछन् । उनी लोकप्रिय मतकासाथ सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएकाहुन् । त्यस्तै अध्यक्षमा किसान सुनार सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १० औं अधिवेशनबाट युवा व्यवसायी सुनार सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको प्रथम उपाध्यक्षमा द्धारिका विश्वकर्मा, द्धितीय उपाध्यक्षमा सुधीर अग्रवाल सर्वसम्मत निर्वाचित भएका छन् । मुख्य तीन पद सर्वसम्मत भएपनि अन्य पदका लागि भने निर्वाचन भएको थियो । निर्वाचनको नतिजाअनुसार तृतीय उपाध्यक्षमा प्रेमबहादुर खाती १ सय ७५ मतले विजयी भए । यस्तै महासचिवमा विमल धमला (निरबहादुर विक) १ सय ५५ मत प्राप्त गर्दै निर्वाचित भए । सचिवमा केशरबहादुर विक २ सय सचिव पृथ्वी विश्वकर्मा १ सय ६, कोषाध्यक्ष गणेशप्रसाद विश्वकर्मा १ सय ८६ र सहकोषाध्यक्ष दीपक धनुके १ सय ५७ मतसहित निर्वाचित भए । यस्तै कार्यसमिति सदस्यमा बरालसहित वृद्धिबहादुर विक, भूपेन विक, उमेश गहतराज, कुमार विश्वकर्मा, जगतबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, केशवबहादुर सुनार, सोमबहादुर विक, कमलप्रसाद लामिछाने, त्रिलोचन विश्वकर्मा, किशोर सेन्चुरी, मानबहादुर सुनार, सुरथबहादुर सुनार, हेमसागर गहतराज (सुनार), उमेशप्रसाद शाह, निरंजनकुमार शाह, प्रेमकुमार स्वर्णकार र विद्यासागर ताम्राकार निर्वाचित भए ।
अधिवेशनमा महासंघमा आबद्ध ३२ संस्थाका कुल ३ सय ८४ प्रतिनिधिको सहभागिता थियो । यस्तै महिला सदस्यमा सुलोचना सापकोटा, दाना हमाल, लोप्साङ छोडेन शेर्पा, प्रदेश सदस्य (पदेन)मा देवीकृष्ण पाण्डेय र रामबहादुर विक सर्वसम्मत निर्वाचित भए ।

आइतवार, ४ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !