पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण क्षेत्रमा पर्यटकको आउजाउ बाक्लिन थालेको छ । गत पुस–माघमा उक्त क्षेत्रमा भित्रने विदेशी पर्यटकको संख्या घटेकामा फागुनयता भने बिस्तारै बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख डा.रविन कडरियाका अनुसार गत फागुनमा १५ हजार तीन सय ६९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका छन् । पर्यटनका लागि अफसिजन मानिने पुसमा आठ हजार चार सय ९२ र माघमा जम्मा छ हजार एक सय ७९ पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई मुख्य पर्यटकीय याममा यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्छ । चैत–वैशाखमा अझ धेरै पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने उनले बताए । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ । यी दुवै याममा अन्नपूर्ण क्षेत्रमा पदयात्राका लागि विदेशी र आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ । पहिलो मुख्य पर्यटकीय यामको सुरु महिना असोजमा २८ हजार सात सय पाँच पर्यटक घुमफरिका लागि उक्त क्षेत्रमा पुगेका थिए । कात्तिकमा २४ हजार चार सय १६ र मङ्सिरमा ११ हजार नौ सय २८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । पछिल्लो समय भारतीय पर्यटक बढे पनि तेस्रो मुलुकका पर्यटकको सङ्ख्या भने घट्दै गएको प्रमुख डा.कडरियाले बताए । पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको संख्या घटेको उनको भनाइ छ । सन् २०२३ मा अहिलेसम्मकै बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको आयोजना कार्यालयले जनाएको छ । उक्त वर्ष एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्य स्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सडकमार्ग भएर मुस्ताङ, मुस्ताङलगायतका ठाउँ छिर्ने आन्तरिक पर्यटकको सङ्ख्या यकिन नै गर्न नसकिने आयोजना प्रमुख डा कडरियाले बताए । विश्वका उत्कृष्ट १० गन्तव्यभित्र परिसकेको अन्नपूर्ण क्षेत्रको पहिचानलाई कायमै राख्न त्यस क्षेत्रका पदमार्गलाई जोगाउनु आवश्यक रहेको उनको भनाइ छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ । सडकमार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्य स्थलमा पुग्न सकिन्छ । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ ।

बिहिबार, १ चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा