Trending
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताएकाछन् । आज काठमाडौंमा जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उन्ले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदुषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि रणनीतिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताएकाछन् । जलवायु परिवर्तनका चुनौतिहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको उन्को भनाई थियो । उन्ले जलवायु परिवर्तनका असर न्युनिकरण गर्न स्थानीयस्तरमा विस्तृत कार्यक्रमको आवश्यकता देखिएको पनि बताए । प्रधानमन्त्री दाहालले देशको स्वास्थ्य प्रणाली र समुदायलाई सशक्त बनाउन अनुसन्धान, नविन खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री दाहालले हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनु अहिलेको चुनौति रहेको उल्लेख गरे । नेपाल जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्वपूर्ण भएको पनि बताए ।
जलवायु परिवर्तनका चुनौतिहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको उन्को भनाई थियो । यसले स्थानीयस्तरमा विस्तृत कार्यक्रमको आवश्यकता औंल्याएको छ । हाम्रो स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । अमेरिकाका लागि पूर्व राजदूत डा. अर्जुन कार्कीले विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्वपूर्ण भएको बताए । यस्ता प्रकोपले सबैभन्दा कमजोरलाई असर गरेको उन्को भनाई थियो । यहाँका गरिब, महिला, बालबालिका र आदिवासी एवं जातीय समूह मारमा परेको उन्को ठम्याई छ । पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको बिस्फोट र खडेरीहरू बारम्बार हुने र भयावह बन्दै गएको उन्को भनाई थियो ।