Trending
आगामी चैत २३ गते सुरु हुने चौथो मन्जुश्री ट्रेल रेस को दर्ता खुलेको छ । एसिया ट्रेल मास्टर्सको छनोट खेलका रूपमा आयोजना हुन लागेको चौथो संस्करण अन्तर्गत मन्जुश्री ट्रेल रेसको आवेदन खुलाइएको हो । जस अन्तर्गत मन्जुश्री ट्रेल रेसको १ सय माइल र १ सय किलोमिटरको उत्कृष्ट ५ जनालाई एसिया ट्रेल मास्टर्समा सहभागी गराइनेछ । त्यसैका लागि, चाइन, फ्रान्स आदि देशका विश्व वरीयतामा उच्च स्थानमा रहेका खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ । अहिलेसम्म विभिन्न १० देशबाट १ सय ३० खेलाडीले सहभागिताको फारम भरिसकेका छन् । मञ्जुश्री ट्रेल रेसको आयोजना मञ्जुश्री ट्रेल रेस नामक गैरसरकारी संस्थाले गरेको हो छ । नेपाल सरकारको सहयोगमा आयोजना हुन लागेको पर्वतीय खेल महोत्सवका विभिन्न आधिकारिक खेल मध्ये ट्रेल रनिङका लागि मन्जुश्री ट्रेल रेसलाई अनुबन्धित गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकैको दूरीमा ऐतिहासिक भूमिबाट रेस सुरु गर्ने काम मञ्जुश्री ट्रेल रेसले गर्दै आएको छ । काठमाडौँ उपत्यकालाई फन्का मारेर रेसको मज्जा लिन सकिने भएकाले मञ्जुश्रीले आयोजना गर्दै आएको यस रेसतर्फ आकर्षण चुलिँदै गएको पर्यटन व्यवसया टासी शेर्पाले बताए । मञ्जुश्री ट्रेल रेसले हरेक वर्ष रेस आयोजना गर्दै आइरहेको छ । सन् २०२३ को रेसको चार चरणमा गरी ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगी सहभागी थिए । जसमध्ये ६९ जना पुरुष र १९ जना महिला रहेको थिए ।