अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन युरोपस्थित पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । सम्मेलनमा बिभिन्न देशमा छरीएर रहेका नेपाली साहित्यीक स्रष्टाहरुको सहभागिता रहेको थियो । नेपाली साहित्यको जर्गेना, संरक्षण र बिश्वभर फैलाउने उद्धेश्यले सम्मेलन गरीएको आयोजकले जनाएको छ । एनआरएनएका आईसीसी केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष तथा युरोपनेपाली खबरका प्रधानसम्पादक राजकुमार थापाले नेपाली भाषा, साहित्य, संस्कृतिको सम्बद्धृन र संरक्षण गर्न सम्मेलनले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । पछिल्लो समय धेरै नेपाली युरोप जानेक्रम बढे पनि आफ्नो भाषा र संस्कृति प्रति त्यति नै इमान्दार रहेको भन्दै यसले युरोपमा रहेका नेपालीप्रति एकताको भाव सृजना गरेको बताए । पोर्चुगलमा रहेका नेपाली मात्र हैन, यसले खाडीमुलुकमा रहेका नेपाली, युरोपमा रहेका नेपाली र बिश्वभर छरीएर रहेका नेपालीबीच एकता र सहयोगको भावना बढेको थापाले बताए । अन्र्राष्ट्रिय सम्मेलनमा बिभिन्न देशबाट आएका साहित्यीक स्रष्टाहरुले साहित्यीक सृजना प्रस्तुत गरेका थिए । सम्मेलन तीनसम्म सञ्चालन भएको थियो । सम्मेलनमा साहित्यकार, बिशिष्ट व्यवसायी, समाजसेवीलगायतको सहभागिता थियो । पोर्चुगलमा लामो समयदेखि बसोबास गर्दे आएका थापाले पोर्चुगलमा मात्र हैन युरोपमा छरीएर रहेका नेपालीहरुलाई सहयोग गर्दे आएको र भविश्यमा समेत नेपाली एकताकालागि सहयोेग गर्ने प्रतिबद्धता जनाएका थिए ।

बुधबार, ३० फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे