Trending
अमेरिकामा अन्तर्राष्ट्रिय महिला दिवस भब्य रुपमा मनाईएको छ । हेरिटेज ईगल बेन्डमा यो एक प्रेरणादायी अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमको रुपमा रहेको थियो । अफ्रिकी, नेपाली, भारतीय, कोरियन, मङ्गोलियन र कोलोराडोका अन्य धेरै समुदायहरूका अद्भुत पृष्ठभूमिका महिलाहरू एउटै कार्यक्रममा भेला हँुदा त्यो कार्यक्रमको रौनक उत्कृष्ट भएको थियो । कार्यक्रमका वक्ताहरूमा सुसाना जाल्बर्ट, अरोरा शहर प्रहरी प्रमुख– हेदर मोरिस, मिन्सु गीत, मुलुए हेलेमेरियम, पूर्णिमा, टिफनी स्टोर्स रहेका थिए । अरोरा शहरका प्रहरी प्रमुख टिफनी मोरिस आर, संखुवा सभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठले महिला दिवसको शुभकामना व्यक्त गरेका थिए ।सफल व्यवसायी, उद्यमी महिला तथा संखुवा सभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठको भने प्रेरणादायी महिला बन्नकालागि अन्तर्राष्ट्रिय जगतबाट सिक्नु पर्ने भनाई थियो । महिलाहरु पनि व्यवसायीक रुपमा सफल भएको र प्रतिष्ठित रहेको भन्दै महिला आफै अगाडी बढ्न सक्नु पर्नेमा जोड थियो । इथियोपियाली सफल व्यवसायी महिला मुलुए हेलेमारियमले महिलाका योगदान अतुलनिय रहेको भन्दै सघर्षबाट उचाईमा पुगिने भएकाले त्यो दृढता महिलाले लिनु पर्नेमा जोड दिएकी थिइन् । भारतीय समुदायबाट ज्येष्ठ महिला नागरिक पूर्णिमा वोरियाले अन्तर्राष्ट्रिय महिला दिवसमको अवसरमा आफ्नो अनुभव सुनाउदै अहिले चाडै यो अवश्थामा आएको धारणा राखेकी थिईन । बिभिन्न क्षेत्रबाट उपस्थित उच्च महिलाहरुलाई संखुवासभा सभाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठ र शेरमिसन इन्टरनेशलनका अध्यक्ष श्याम श्रेष्ठले खादा लगाएर सम्मानित गरेका थिए । कार्यक्रम शेरमिसन इन्टरनेशनल र कोलोराडो नेप्लीज सोसाईटीले सयुक्त रुपमा आयोजना गरेका हुन् ।