????????????????????????????????????

दक्षिणी झापाका किसान यतिबेला बगरे खेतीमा व्यस्त छन् । कचनकवल गाउँपालिकाका अतिविपन्न र सीमान्तृक समुदायको जीवनस्तर उकास्ने उद्देश्यले नदी उकास जमिनमा बगरे खेती सुरु गरिएको हो । कचनकवल–५ स्थित पाठामारीका ११५ घर परिवारलाई समेटेर मेची नदीको बगरमा खरबुजा र काँक्रा खेती सुरु गरिएकोे कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रसिंह राजवंशीले बताए ।

न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) र गाउँपालिकाको सहकार्यमा मेची नदीको बगरको १७ विगाह जमिनमा खेती सुरु गरिएको एसएनजेडीका संयोजक कुमार चुडालले बताए । यूनएनडीपीले गरीबी निवारणका क्षेत्रमा मुलुकका विभिन्न स्थानमा काम गर्दै आएको बताउँदै उनले सोही कार्यक्रम अन्तरगत यूनएनडीपीसँगको सम्झौता अनुरुप एसएनजेडीले काम गरेको जनाए ।

सोही स्थानलाई घेराबारका लागि पालिकाकाले २० लाखको लागतमा ठेक्का लगाइसकेको उनले बताए । प्रयोगविहीन जमिनलाई उपयोग गरेर विपन्नको जीवनस्तर उकास्ने एसएनजेडीको लक्ष्य भएकाले आफूहरुले लगानी गरिदिने बताउँदै उनले किसानले त्यहाँ तरकारी उत्पादन र उपभोग गर्ने जनाए । दक्षिणी झापाको पाठामारीमा बसोबास गर्ने अधिकांश सुकुम्वासी र मजदुर रहेकाले उनीहरुको जीवनस्तर उकास्न एसएनजेडीले जमिन खनजोत, बिउ विजनमा सहयोग गरिरहेको उनले बताए ।

गाउँपालिकाले घेराबारा र सिंचाइमा लगानी गरिदिने उनले बताए । उनले प्रत्येक परिवारलाई दुईदेखि तीन कठ्ठासम्म जमिनमा खेती गर्ने वातावरण मिलाएको जानकारी दिए । थोरै लगानी, कम परिश्रममा बढी उब्जनी गर्न सकिने हुँदा सुपारी खेतीलाई प्राथमिकतामा राखेको बताउँदै उनले कृषि वैज्ञानिक डा. शरणकुमार रिजाल र अखिल नेपाल सुपारी खेती महासंघका अध्यक्ष नीलकण्ठ तिवारीले समेत सो क्षेत्रको निरीक्षण गरी सुपारी खेतीको लागि बगरको माटोको परीक्षण र तापक्रमबारे अध्ययन गर्न सुझाव दिए ।

नदीको बगरमा खेती लगाएर उत्पादन दिएको २० वर्षसम्म सम्बन्धित व्यक्तिले नै उपभोग गर्न पाउने गरी कचनकवल गाउँपालिकाको कार्यविधि बनाएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । एसएनजेडीले ५० देखि ५२ लाख खर्च गरेर जमिनको संरक्षण, गरीबको उत्थान गर्ने योजना अनुरुप कार्यक्रम सुरु गरेको एसएनजेडीका कार्यक्रम संयोजक चुडालले जानकारी दिए ।

नदी किनारमा रहेको सुक्खा बगरमा खेती गरी त्यसबाट हुने आम्दानीले पाठामारीका ११५ घर परिवारको जीवन निर्वाह हुने उनले बताए । खेर गइरहेको नदी किनारामा सानो लगानी गरेर उत्पादन लिन सकिने भएकाले आफूहरुले बगरे खेतीको अवधारणा ल्याएको उनको भनाइ छ । झापाका अधिकांश खोलाका बगरमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको कृषि ज्ञान केन्द्र भद्रपुरका निमित्त प्रमुख सागर विष्टले बताए ।

छोटो समयमा विभिन्न तरकारीका जात लगाएर उत्पादन गर्न सकिने भएकाले किसान सो खेतीतर्फ आकर्षित भएको उनले बताए । हिउँदको सुख्खायाममा नदीबाट मोटर चलाएर सिँचाइ गर्न सकिने सहज व्यवस्था, बाढीले बगाएर ल्याएको मलिलो बलौटे माटो भएकाले खरबुजा, लौका, करेला, काँक्रा, खुर्सानी, भाण्टा, गोलभेंडालगायतका विभिन्न किसिमका फलफूल तथा तरकारी बगरमा मनग्य उत्पादन हुने गरेको किसानहरु बताउँछन् ।

मङ्लबार, २९ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे