लुम्बिनीका होटल व्यवसायीले लुम्बिनी विकास कोष क्षेत्रभित्रका बिहार र गुम्बामा पर्यटक राख्न रोक लगाउन माग गरेका छन् ।

लुम्बिनी होटल संघ, नेपालले मंगलबार लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र स्थायी समाधानको ठोस कदम अगाडि बढाउन माग गरेको छ ।
बिहार र गुम्बाले होटलहरुसँग प्रतिस्पर्धा गर्दै पर्यटक राख्दा होटल व्यवसाय संकटमा परेको संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

‘बिहार र गुम्बामा सयौं कोठाहरु पर्यटक राख्ने गरी बनाइएका छन्, बिहार र गुम्बा भनिने ठाउँहरु बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना होइन, व्यापारको थलो बनेका छन्’, ज्ञवालीले भने–‘गुरुयोजनाको मर्मविपरीतको यस्तो कामको संरक्षण लुम्बिनी विकास कोषकै जिम्मेवार व्यक्तिबाट भएको छ यो स्थायीरुपमा रोकिनुपर्छ ।’

दशकौंदेखि यो माग उठाउँदै आएपनि यो समस्याले अहिले अप्रिय स्थितिको सिर्जना गरेको र व्यवसायीको धैर्यताको सीमा सकिएको उनको भनाइ छ । बिहारमा पर्यटक राखिँदा लुम्बिनी क्षेत्रका १० भन्दा बढी होटेल स्थायीरुपमा बन्द भएको र यो वर्ष थप होटलहरु बन्द हुने अवस्थामा पुगेको ज्ञवालीले बताए ।

संघका महासचिव पुरुषोत्तम अर्यालले बिहार तथा गुम्बालाई होटलको रुपमा सञ्चालन गरेर होटल व्यवसायलाई धरासायी बनाइएको बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईलाई संघले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्री, संस्कृति तथा नागरिक उडड्यन तथा कोषका अध्यक्ष हितबहादुर तामाङलाई बोधार्थ पठाइएको छ ।

ज्ञापनपत्र बुझ्दै कोषाध्यक्ष भट्टराईले व्यवसायीको माग जायज भएको र कुनै न कुनै रुपमा सम्बोधन गर्नुपर्ने बताए ।

मङ्लबार, २९ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा