विभिन्न जिल्लामा कृषि गर्न कृषि मिटर प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । विद्युत प्राधिकरणले सहजै कृषि मिटर उपलब्ध गराउने भएपछि कृषकलाई सहज भएको छ । केही समय अघि खेतीयोग्य बालीमा सहजै सिँचाइ व्यवस्था हुन नसक्दा सरकारले विद्युत मिटरको व्यवस्था गरेको थियो । जसबाट विद्युतीय मोटर प्रयोग गरि पानी खेतीमा पु¥याउने गरिन्छ । पानी पुग्न नसक्ने खेतीबालीमा विद्युतीय मोटरको प्रयोग गरिने गरिएको छ । पछिल्लो सयम गैर किसानले समेत कृषि मिटरको माग गरेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । माछा पालन तथा उखु पेलान गर्न समेत कृषि मिटरको माग बढेको छ । खेतीयोग्य तथा खाद्यबाली उत्पादनका गर्न वितरण गरिने कृषि मिटर माछा व्यवसाय तथा साना उद्योगका लागि दिनुपर्ने भन्दै माग हुन थालेको कृषि मन्त्रालयकी सवनम सिवाकोटी अर्यालले जानकारी दिइन् । ‘विद्युत प्राधिकरणलाई कृषि मन्त्रालयले खाद्यबाली उत्पादन गर्न कृषि मिटर उपलब्ध गराउन परिपत्र गरिसकेको छ,’ उनले भनिन्,’ अहिलेसम्म जुन प्रयोजनका लागि कृषि मिटर दिनु भनेका छौ । सोही अनुसार मात्र कृषि मिटर वितरण भएका छन् ।‘ तर, मन्त्रालयमा हालसम्म कुन–कुन जिल्लाका कति कृषकले सिँचाइ मिटर प्रयोग गरेका छन् त्यसको तथ्यांक छैन । सिवाकोटीका अनुसार कृषि मिटरको सम्पूर्ण अधिकार, वितरण र प्रयोगको मापदण्ड विद्युत प्राधिकरणलाई दिएको छ । मापदण्ड पुगेका किसानले सहजै कृषि मिटर पाउने गरेको उनको भनाइ छ । विद्युत पुगेका सबै ठाउँमा कृषि मिटर उपलब्ध गराउन निर्देशन दिएको उनले बताइन् । नेपाल विद्युत प्राधिकारी उपकार्यकारी निर्देशक मनोज सिलवालले मुलुकभरका सबै जिल्लाका माग गरेबमोजिम कृषकलाई कृषि मिटर उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार विभिन्न जिल्लाका किसानलाई गरी ३ लाख ५० हजार बढी कृषि मिटर वितरण भएका छन् । कृषि मिटरमा प्रति युनिट २ रुपैयाँ ३८ पैसा शुल्क लाग्ने गरेको छ ।

आइतवार, २७ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा