Trending
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद दिपक खड्कालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । उहाँले नेपाली कांग्रेसको बिधान तथा नेपाली कांग्रेसको नियमावली अनुसार संखुवासभाका सांसद खड्कालाई आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यामा मनोनित गर्नुभएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सांसद खड्कालाई केन्द्रीय सदस्यमा मनोतिन गरीएको जनाईएको छ ।