कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेको बताईएको छ । कचञ्चनजङ्घा क्षेत्रमा दुई याममा पर्यटक भम्रण गर्ने गर्दछन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयले चालु आर्थिक वर्षको पहिलो याम असोज, कात्तिक र मङ्सिरसम्म कञ्चनजङ्घा हिमालको आधार शिविरको छ सय ५० जना बाह्य पर्यटकले अवलोकन गरेको बताए । त्यत्तिकै सङ्ख्यामा आन्तरिक पर्यटकले समेत कञ्चनजङ्घा क्षेत्रको अवलोकन गरेको भनिएतापनि आन्तरिक पर्यटकको तथ्याङ्क भने अहिलेसम्म राख्ने व्यवस्था नभएको परिषद् कार्यालयले जनाएको छ । यस क्षेत्रमा पर्यटकको आगमनले होटल व्यवसायी उत्साहित भएका छन् । दोस्रो याम चैत, वैशाख र जेठ महिनामा हुने पर्यटन व्यवसायीको भनाइ छ । अहिले दास्रो याम सुरु हुने समय भएको छ । गत वर्ष चार सय ३९ बाह्य पर्यटकले अवलोकन गरेका थिए । गत वर्षका तुलनामा चालु आवमा दुई सय ११ बाह्य पर्यटक वृद्धि भएको परिषद्को तथ्याङ्कले जनाएको छ । विस्तारै पर्यटकको आगमनसँगै पर्यटन व्यवसाय लयमा फर्कन थालेका छन् । कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । विस्तारै पर्यटकको आगमनले पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन् । कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानो–ठूलो लगानीको ५२ होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्क छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा माथिको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चलनमा छ । समुद्र सतहबाट तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए ।
कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्नका लागि दुईवटा पदमार्ग प्रयोग हुँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका हुँदै पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्ने गर्दछन् । यो पदर्माग (साउथ रुट)मा पर्ने कञ्चनजङ्घा व्यवस्थापन परिषद्को याम्फुदीन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए । काठमाडौँदेखि हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविर पुगिन्छ । यो पदर्माग (नर्थ रुट)मा पर्दछ । कञ्चनजङ्घा क्षेत्र जाने पर्यटकको विवरण कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राख्दै आएको छ ।

आइतवार, २७ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !