सन् २०२४ फेब्रुअरीमा विभिन्न देशबाट आउने पर्यटकको सङ्ख्या ३३ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को सोही समयमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भित्रिएका छन् ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने, “गत वर्षको तुलनामा यस वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा सन्तोषजनक बढोत्तरी देखिन्छ । सन् २०१९ देखि लगातार सङ्कटमा रहेको पर्यटन क्षेत्रमा सन् २०२३ देखि क्रमिक सुधार हुँदै आए पनि यस वर्ष भारतीय पर्यटकको आगमन दरले थप सकारात्मकता देखाएको छ ।”

सन् २०२३ को तुलनामा सन् २०२४ को फेब्रुअरीमा भारतबाट आउने पर्यटकको सङ्ख्या ३९ प्रतिशतले वृद्धि भएको जानकारी दिँदै उनले भारतको आर्थिक वृद्विमा देखिएको सुधार, निजी क्षेत्रबाट भएको पर्यटन प्रवर्धन, धार्मिक सम्बन्धलगायतका कारण नेपाल भित्रिने पर्यटको आगमनमा सुधार देखाएको बताए ।

त्यस्तै गत महिना भएको भारत र माल्दिभ्सबिचको टकराव र लक्ष्यदीपको विषयले पाएको चर्चाले समेत नेपाल आउने पर्यटकको सङ्ख्यामा सकारात्मक असर पुगेको उनको भनाइ छ । उनका अनुसार यस वर्ष फेब्रुअरीमा भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्या २५ हजार ५७८ रहेको छ । गत वर्ष १८ हजार ४०१ पर्यटक नेपाल आएका थिए । जनकपुर र अयोध्या सम्बन्धले समेत नेपाल भित्रिने धार्मिक पर्यटकको सङ्ख्या बढेको जानकारी दिँदै उनले भारतीय पर्यटकले पूर्वाधारको अवलोकनका लागि बङ्गलादेश र प्राकृतिक दृश्यावलोकनका लागि नेपाललाई प्रमुख गन्तव्य बनाउन थालेकोसमेत बताए । पहिले गर्मी छल्ने नेपाल आउने भारतीय पर्यटक अहिले अफ सिजनमा समेत नेपाल घुम्न आउने थालेको उनको भनाइ छ ।

बोर्डको तथ्याङ्क अनुसार फेब्रुअरीमा भारतपछि सबैभन्दा बढी चीनबाट नौ हजार १८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार ७९९, बेलायतबाट चार हजार ५७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६८४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६ र सन् २०२१ को फेब्रुअरीमा नौ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ को जनवरीमा विदेशबाट नेपाल घुम्नका लागि ७९ हजार एक सय पर्यटक हवाई माध्ययमबाट नेपाल आएको बोर्डको तथ्याङ्कले देखाएको छ । सन् २०२३ मा १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सोमवार, २१ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !