पर्यटकको संख्यामा वृद्धि गर्न र उनीहरुको बसाइ लम्ब्याउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ ।

सडकले गर्दा विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धन थालिएको जनाइएको छ । स्थानीयले आउजाउ गर्न प्रयोग गरिरहेको घोरेटो बाटोलाई पदमार्गको रूपमा प्रयोग गर्न संकेत चिह्न, सूचनापाटी राख्ने काम गरिएको छ ।

पुरानो पदमार्ग बेनी–जोमसोम र जोमसोम–कागबेनी–मुक्तिनाथ सडक निर्माण भएका कारण विस्थापित भएको हो । धुलो र धुुँवाले सडकमा यात्रा गर्न समस्या भएपछि पर्यटकले प्रकृतिमा रमाउन पाउने पदमार्गको माग गरेका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२२ मा मुस्ताङ भ्रमण गर्ने तेस्रो मुलकुका पर्यटक २९.१२ प्रतिशत रहेकामा सन् २०२३ मा त्यो अनुपात घटेर १९.२० प्रतिशतमा झरेको छ । सन् २०२३ मा ९० हजार ३६५ जना पर्यटक आएकामा तेस्रो मुलुकका १८ हजार १६६ र सार्क राष्ट्रभित्रका पर्यटक ७२ हजार १९० जना छन् । सन् २०२२ मा ६५ हजार ९४० जना पर्यटकले मुस्ताङ घुमेकामा सार्कका ४६ हजार ७२४ जना र तेस्रो मुलुकका १८ हजार १६६ जना रहेको एक्याप जोमसोमले जनाएको छ ।

गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका व्यक्तिलाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुकका व्यक्तिलाई प्रतिव्यक्ति तीन हजार शुल्क तोकिएको छ ।

आइतवार, २० फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे