Trending
आज ९ औं संस्करणको नेपाल–पाकिस्तान मैत्री टी–ट्वान्टी क्रिकेट प्रतियोगिता–२०२४ को पाकिस्तानका राजदूत एच ई अबरार हुसेन हाश्मी, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे र हिमालयन बैंकका डेपुटी सीईओ उज्वलराज भण्डारी संयुक्तरुपमा उद्घाटन गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै पाण्डे र भण्डारीले सन् २०१४ देखि हरेक वर्ष कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा दूतावासको प्रशंसा गर्दै दुई देशका युवालाई एकताबद्ध गर्न क्रिकेट र खेलकुदको सम्भावना रहेको बताउनुभयो । उहाँहरुले युवाहरूमा स्वस्थ गतिविधि बढाउन खेलकुद र शिक्षाको प्रवर्द्धनका लागि पाकिस्तानको प्रयासको पनि प्रशंसा पनि गर्नुभयो ।
राजदूत, अबरार एच हाश्मीले भने क्रिकेट एक खेल मात्र नभइ यसले मानिसहरूलाई एकताबद्ध गर्न, सद्भाव र टीमवर्कको भावनालाई बढावा दिने प्लेटफर्मको रूपमा पनि काम गर्ने बताउनुभयो । उहाँले यस कार्यक्रमले दुई देश बिचको मित्रवत सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने र त्यसमा पनि विशेष गरी युवाहरुबीच आपसी सद्भाव प्रगाढ बनाउने बताउनुभयो । राजदूतले कार्यक्रमको आयोजनामा सहयोग गर्ने विशिष्ट अतिथि, आयोजक समिति र हिमालयन बैंक लिमिटेडलाई धन्यवाद ज्ञापन गर्नुभयो । यस वर्ष १२ वटा क्रिकेट टोली छन् ।