हस्तकलाका माध्यमबाट महिलालाई आत्मनिर्भर तुल्याउने उद्देश्यका साथ पोखरा महानगरपालिका–१२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाका लागि एकमहिने हस्तकला तालिम पोखरामा प्रारम्भ भएको छ ।

हस्तकलाजन्य सीप भएमा त्यसबाट उत्पादित समानको बजारीकरण गरी आयआर्जन भई आत्मनिर्भर बन्दै स्वरोजगार बन्न सहयोग पुुगोस् भन्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको पोखरा महानगरपालिका–१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।

महिलालाई सीप सिक्ने अवसरका निम्ति वडा कार्यालयले गरेको लगानीलाई उपलब्धिमूलक बनाउन आग्रह गर्दै वडाध्यक्ष बास्तोलाले दत्तचित्त भई नियमितरुपमा हाजिरी गरी सीप सिक्न आग्रह गरे ।

विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रका सञ्चालक तथा मुख्य प्रशिक्षक सविता श्रेष्ठले यसै बितेर जाने समयमा सीप सिकेर आत्मनिर्भर हुने, आयआर्जन गर्ने र स्वरोजगार हुने अवसरलाई सदुपयोग गरेर उद्यमशील बन्ने बाटो समाउनु नै सीप हस्तान्तरणको मर्म भएको बताए ।

दक्षतामा आधारित तालिम लिएपछि स्वरोजगार भई उत्पादित हस्तकलाका सामग्रीको बजारीकरण गर्ने जिम्मा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रले लिने उनले प्रतिबद्धता व्यक्त गरे ।

तालिम संयोजक शान्ति कोइराला, गोविन्दबहादुर सिग्देल, वडा सदस्य गुुमा परियारले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे ।

शुक्रबार, १८ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे