सगरमाथा आरोही तथा माउन्टेन गाइडले अनिवार्य रूपमा विद्युतीय चिप्स प्रयोग गर्नुपर्ने भएको छ । खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले आरोहीहरूको ज्याकेटमा चिप जडान अनिवार्य गरेको हो ।

पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आउँदो चैतदेखि सबै आरोहीका लागि विद्युतीय चिप्स जडान अनिवार्य गरिएको छ ।

‘‘गत वर्षको स्प्रिङ सिजनदेखि नै चिप अनिवार्य बनाउने योजना राखिएपनि समय अभावका कारण कार्यान्वयन गर्न नसकिएको उनले बताए ।
यस्तो चिप एजेन्सीहरूले नै आरोहीहरूका लागि उपलब्ध गराउनेछन्, जसको मूल्य १० देखि १५ डलरसम्म पर्ने बताइएको छ । ‘‘पहिले पनि चल्तीका एजेन्सीहरूले चिप्स प्रयोगमा ल्याइसकेका छन् । अब भने सबैका लागि अनिवार्य गरिएको हो,’’ गुरुङले भने ।

चिपका बिशेषता :-
जीपीएस डिभाइसको ब्याट्री केही दिनसम्म टिकेपनि चिप भने महिनौंसम्म केही नहुने भएकाले खोज तथा उद्धारका लागि यो प्रभावकारी हुनेछ ।

आरोही हिँउमा पुरिए पनि चिपमा कुनै क्षति हुँदैन । हामीले डिटेक्टरमार्फत त्यो व्यक्ति (आरोही) कुन लोकेसनमा छ भनेर लोकेट गर्न सकिन्छ।

चिप प्रयोग भए/नभएको बारे सगरमाथा आधार शिविरमा अवस्थित फिल्ड कार्यालयमा बस्ने कर्मचारीहरूले सगरमाथा प्रदूषण नियन्त्रण समितिसँग सहकार्य गरेर अनुगमन गर्ने पनि गुरुङले सुनाए ।

शुक्रबार, १८ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !