आजदेखी भारतीय पर्यटकले नेपालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् ।

नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारी अनुरुप बुधबारदेखि यो सुविधा प्रारम्भ भएको हो ।

यसअन्तर्गत भारतमा भिम यूपीआई ((BHIM) र फोनपे (PhonePe) भुक्तानी सेवाप्रदायक प्लेटफर्म प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा लिन भारतीय प्रयोगकर्ताले फोनपे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स एक्टिभेट गर्नुपर्छ । यसपछि उनीहरूले नेपाल आउँदा फोन पे क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । भुक्तानी गर्दा लाग्ने सेवा शुल्क भने वालेट तथा वित्तीय संस्था आफैंले निर्धारण गर्नेछन् ।

फोनपेका अनुसार अन्तरदेशीय भुक्तानी (अन्तरदेशीय) का लागि हालसम्म ईसेवा, खल्ती वालेटसहित आधा दर्जन बढी बैंक आबद्ध भइसकेका छन् । यी वित्तीय संस्थाले मर्चेन्टका लागि वितरण गर्ने फोनपे क्यूआर कोडमा भारतीय सेवाग्राहीबाट भुक्तानी पाउन सक्नेछन् ।

भारतीय ग्राहकले नेपालमा भुक्तानी गर्न पाउने सुविधा सुरु भएपनि नेपाली सेवाग्राहीले भने तत्काल भारतमा भुक्तानी गर्न पाउने छैनन् । यसका लागि फोनपेले नेपाल राष्ट्र बैंकको स्वीकृति पर्खिरहेको छ ।

बुधबार, १६ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे