जलवायुपरिवर्तन तथा महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको संस्था साथसाथैले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको छ।

जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको असर र हिमाली समुदायले सामना गर्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाको समूहले उक्त स्थानमा पदयात्रा गर्न लागेको संस्थाले जनाएको छ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले आज विज्ञप्तिमार्फत लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्ने र विभिन्न स्थानमा स्थानीय तहका जनप्रतिनिधि तथा समुदायसँग जलवायु परिवर्तनले पारेको असरबारे अन्तरक्रिया गरिने जानकारी दिइन्।

‘हामीले विगत तीन वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ (जलवायु न्यायका लागि महिला एकता) भन्ने नारासहित कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउँदै आएका छौँ। यसपटक पनि हामीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदा हिमालको फेदमा बस्ने समुदायले भोग्नु परेका समस्या र समाधानका उपायबारे विज्ञ र सरोकारवाला निकायसँग अन्तरक्रिया गर्नेछौँ’, विज्ञप्तिमा उल्लेख छ।

साथसाथैले विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा रहेका २५ जना महिलासहित यही फागुन १७ गते काठमाडौँबाट लुक्लातर्फ प्रस्थान गर्ने, फागुन १९ गते स्याङबोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तिकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तरक्रिया जनाएको छ।

स्याङबोचेमा कार्यक्रमपछि पदयात्रा गर्दै ८ मार्चमा कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमा परेको मारलगायतका विषयमा ध्यानाकर्षण गराउने अध्यक्ष कार्कीले उल्लेख गरिन्।

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङबोचेमा पुगेर हिमाल पग्लिने क्रम बढेकोप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए। संयुक्त राष्ट्रसङ्घले ‘इन्भेस्ट इन वुमन : एक्सलेरेट प्रोग्रेस’ ‘गतिशील प्रगतिका लागि महिलामा लगानी’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२४ मनाउन गइरहेको छ।

मङ्लबार, १५ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !