बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि संखुवासभाका किसान उत्साहित भएका छन्। विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि संखुवासभासहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका हुन्। गत वर्ष चिराइतोको मूल्य कम हुँदा किसान प्रभावित थिए।

अहिले चिराइतो प्रतिमन (४० केजी) ४४ हजार रुपैयाँका दरले कारोबार भइरहेको चिराइतो व्यवसायी आङजुङ भोटेले बताए। केही वर्षअघि प्रतिकिलो २०० मा कारोबार हुने गरेको चिराइतो अहिले प्रतिकिलो ११ सयमा किनबेच भइरहेको उनले बताए।

सोलुखुम्बु, दोलखा, रामेछाप र ओखलढुंगाबाट संकलन भएको पाँच हजार किलोग्राम चिराइतो काठमाडौँ पठाइसकेको उनको भनाइ छ। संखुवासभाको भोटखोला गाउँपालिका र भोजपुर जिल्लाबाट संकलन गरिएको करिब दुई हजार ८०० किलो चिराइतो जिल्लाबाहिर पठाउन लागिएको व्यवयासी भोटेले बताए। हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायत जडीबुटीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा लिने गरिएको छ।

चिराइतो चीन, भारत र बांग्लादेश निकासी हुँदै आएको छ। किसानले यस वर्ष चिराइतोबाट राम्रो आम्दानी लिएको व्यवसायी भोटे बताउँछन्। आफू पनि जडीबुटी खेतीमा आबद्ध रहेकाले अन्य किसानको चिराइतो संकलन गरेर बाहिर पठाएको उनको भनाइ छ।

अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन्। ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, जिउ सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा औषधिका रूपमा प्रयोग हुने गरेको छ।

मङ्लबार, १५ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे