पर्यटन व्यवसायी तथा पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाको आत्मकथा ‘हिम्बु’ आइतबार लोकार्पण भएको छ ।

हिम्बुको अर्थ हिमालको छोरो भन्ने हो । हिम नेपाली र संस्कृत शब्द र बु शेर्पा शब्द मिलाएर किताबको नाम हिम्बु राखिएको हो। पुस्तकमा विभिन्न ३३ वटा शीर्षकमा लेखक सोनाम शेर्पाका जीवनीमा आधारित विविध संस्मरणहरु प्रकाशित छन् । उनले नेपालको पर्यटन क्षेत्रमा बिताएका ५० वर्षको अवधिमा भोग्नुपरेका उतारचढावलाई पुस्तकमा राम्रोसँग प्रस्तुत गरिएको छ ।

किताबमा एउटा भरिया शेर्पा अहिलेको यति समूहको अध्यक्षसम्म कसरी बने निकै प्रेरणादायी प्रसंगहरु रहेको पर्यटन व्यवसायी योगेन्द्र शाक्यले बताए । सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको विश्वकै पहिलो सगरमाथा आरोहण दलका एकमात्र जीवित सदस्य कान्छा शेर्पा पनि उपस्थित थिए ।

कान्छासहितले लोकार्पण गरेको उक्त पुस्तकका बारेमा सम्पादक नयाँघरे,प्राध्यापक महेश पौडेललगायतले चर्चा गरेका थिए । सन् १९८७ मा थामसेर्कु हिमाल चढेर आरोहण थालेको सोनाम शेर्पाले गत वर्ष सगरमाथासहित विश्वका सात महादेशका सात अग्ला चुचुराको आरोहण सेभेन समिट गरेर किर्तिमान कायम गरेका छन् । उनी सेभेन समिट गर्ने पहिलो नेपाली हुन् ।

शेर्पाले आगामी दिन सास ट्रष्टमार्फत सामाजिक सेवामा काम गर्ने बताएका छन् । हिम्बु किताब बिक्रीबाट संकलित रकम सास ट्रष्टमार्फत नै आफ्नो जन्मगाउँको संस्था ह्यम्बु ठमिछो किदुक खरिखोला सोलुखुम्बु,डोल्पाको त्रिपुरा सुन्दरी मन्द्यिर,घुन्सा फाउन्डेसनलाई एक एक लाखको दरले प्रदान गर्ने घोषणा समेत गरेका छन् ।

शेर्पा पत्नी पासाङ ल्हामु शेर्पा पहिलो सगरमाथा आरोही नेपाली महिला हुन् । आरोहण सकेर फर्किने क्रममा २०५० वैशाखमा उनको निधन भएको थियो । किताबमा सोनामले आफ्नो परिवार र व्यवसाय अनि आफू यो अवस्थामा आउनुमा पत्नी अनिताको भूमिकाबारे उल्लेख गरेका छन् ।

सोमवार, १४ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा