Trending
सुपर त्रिशुली जलविद्युत आयोजनाको फिस्लिङस्थित बुटटारमा पर्ने ड्यामका कारण त्रिशुली नदिको र्याफटिङ पेशा संकटमा परेको छ।
विश्वकै उत्कृष्ट राफ्टिङ क्षेत्र त्रिशुली नदिको उक्त आयोजनाको ड्यामका कारण पर्यटन क्षेत्रको व्यवसाय पलायन हुन लागेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । गोर्खाको बुटटार र चितवन को फिस्लिङस्थित पर्ने १०० मेगावाट क्षमताको आयोजना शुरु भइरहेको छ ।
त्रिशुली नदिको जल पर्यटनलाई आधार बनाएर खुलेका अबौं रुपैयाँको लगानी खेर जाने स्थिति देखिएको छ नै, नदि किनारासँग जोडिएको सभ्यता संस्कृति विशेषगरी राफ्टिङ पर्यटन नै मासिने देखिन्छ ।
जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को प्रतिबेदन नै झुटो बनाएको सरोकारवालाहरुले बताएका छन् । झुटो विवरण पेश गरेर आयोजना अघि बढाइरहेको उनीहरुको आरोप छ ।
नेपाल एसोसिएसन राफ्टििङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारीका अनुसार त्यस क्षेत्रमा जल पर्यटनलाई आधार मानी बनाइएका करोडौं लगानीका रिसोर्ट, होटल, राफ्टििङ कम्पनीका अर्बाैं रुपैयाँ डुब्ने निश्चित भएको छ ।
नाराको डाटा अनुसार मुलुकभर करिब ९१ ओटा राफ्टिङ व्यवसायहरु छन् जस अन्तर्गत ३५ सय बढि गाइडहरु छन् । ८० प्रतिशतभन्दा बढि राफ्टिङ त्रिशुली नदिमै हुने गर्दछ । फिस्लिङस्थित बुटटार त्रिशुली राफ्टिङको मुटु क्षेत्र हो । त्यहाँ जलविद्युत आयोजनाको ड्याम बन्दा राफ्टिङ व्यवासायसँगै जोडिएका सायौं व्यवसाय लोप त हुने खतरा देखिन्छ ।